पूर्वाधार विकास बैंक उद्घाटन गर्दै अर्थमन्त्रीले भने-निजी क्षेत्र अतिवादमा गयो, सरकारलाई सैह्य छैन

<p>काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका केही गतिविधि अतिवादी भएको टिप्पणी गर्दै ‘अतिवादले सरकारी हस्तक्षेप निम्त्याउने’ बताएका छन् । उनले आपसमा पाखुरा सुर्कने र सुँढ पसार्न काम बन्द गर्न आग्रह गरेका छन् । व्याजको विषयमा बैंकर्स र उद्योगी व्यवसायीबीच पाखुरा सुर्कने र सुँढ पसार्न गतिविधिलाई अर्थमन्त्रीले ‘अतिवाद’को संज्ञा दिएका हुन् । प्रधानमन्त्री केपी [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका केही गतिविधि अतिवादी भएको टिप्पणी गर्दै ‘अतिवादले सरकारी हस्तक्षेप निम्त्याउने’ बताएका छन् । उनले आपसमा पाखुरा सुर्कने र सुँढ पसार्न काम बन्द गर्न आग्रह गरेका छन् ।

व्याजको विषयमा बैंकर्स र उद्योगी व्यवसायीबीच पाखुरा सुर्कने र सुँढ पसार्न गतिविधिलाई अर्थमन्त्रीले ‘अतिवाद’को संज्ञा दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको नेपाल इन्फ्रास्ष्ट्रक्चर डेभलपमेन्ट बैंकको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री अनुपस्थित भएपछि अर्थमन्त्री खतिवडाले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए ।

सोही कार्यक्रममा बोल्दै अर्थमन्त्रीले भने–बैंक पनि निजी क्षेत्रले चलाएका छन् । उद्योगी व्यापारी पनि तपाईहरु नै हो । उद्योग वाणिज्य संघहरु व्याज घटाउन माग गर्दै आन्दोलन गर्ने, बैंकर्स संघ व्याजदर घटाउन नमान्ने । यो राम्रो भएन । व्याजदरको विषयमा सरकारी हस्तक्षेप निम्त्याउने भूमिका तपाईहरु नखेल्नुहोस् ।’

अतिवाद सरकारलाई सैह्य नहुने पनि उनले बताए । ‘व्यवसायीहरु ६ प्रतिशतमा कर्जा माग गर्ने, बैंकहरु १६ प्रतिशत भन्दा कममा कर्जा दिदैनौ भन्ने दुबै सोच अतिवादी हुन् । अतिवादी कुरा नगर्नुहोस् । उद्योग बाणिज्य महासंघ र बैंकर्स संघबीच बसेर झगडा मिलाउनुहोस् । ६ र १६ अंकको बीचमा मिलन विन्दु खोज्नुहोस् ।’

त्यस्तै, अर्थमन्त्री खतिवडाले १० वर्षमा बैंक तथा वित्तीय संस्थाको पुँजी ६ गुणा वृद्धि भएको, तर उद्योग व्यापार क्षेत्रमा सोही अनुसार लगानी वृद्धि नभएको बताए । ‘१० वर्षअघि बैंकहरुको चुक्ता पुँजी र सबै संचित कोष गरी कोर क्यापिटल १ खर्ब २५ अर्ब रुपैयाँ थियो । २०७५ पुस मसान्तमा ७०० अर्ब रुपैयाँ भएको थियो । टेलिकम क्षेत्रबाहेक अरु कुनै पनि क्षेत्रमा बैंकिङ क्षेत्रमा जसरी लगानी वृद्धि हुने सकेको छैन’ अर्थमन्त्रीले भने ।

उनले पूर्वाधार विकास बैंकलाई अल्पकालिन व्याजदरमा लडाई नगर्न आग्रह पनि गरे । ‘बैंक तथा वित्तीय संस्था धेरै भयो भनेर मर्जर अभियानमा लागेको मान्छे हुँ म । तर, आज म फेरी नयाँ बैंकको उद्घाटन गर्दैछु । यो बैंक फेरी २८ वटा वाणिज्य बैंकसँग प्रतिस्पर्धामा नजाओस् ।

‘फोर्स मर्जरमा जान धेरै सुझाव आएका थिए । केही सुझावपत्र अहिलेपनि मेरो ब्रिफकेसमा भेटिन्छन्’ अर्थमन्त्री खतिवडाले भने–‘निजी क्षेत्रको बैंकमा फोर्सफूली मर्जर राम्रो नहोला भनेर सरकारले त्यो बाटो लिएन ।’

२८ वटा वाणिज्य बैंक मध्ये सबैले ‘हामी धेरै भयौ, मर्ज गरिदिनुपर्यो भनेर सबैले भन्नुहुन्छ । तर, तपाईहरु आफै दुई बैंक मिलेर किन मर्ज गर्नुहुन्न ? अर्थमन्त्रीले बैंकर्सहरुलाई प्रश्न गरे ।

पूर्वाधार विकास बैंकलाई दीर्घकालिन प्रकृतिको स्रोत जुटाउन र लगानी पनि दीर्घकालिन खालको गर्न निर्देशन दिए । ‘बीमा कम्पनीहरुको फाण्ड, नागरिक लगानी कोष, सञ्चय कोष जस्ता दीर्घकालिन प्रकृतिको कोष परिचालन गर्न सक्नु हुन्छ । पूर्वाधार विकास बैंकमा सरकारको पनि लगानी छ । विश्वासको वातावरण बनेको छ । सर्वसाधारणलाई, गैरआवासीय नेपालीहरुलाई लक्षित गरी दीर्घकालिन बचत प्रमाणपत्र बेच्न सक्नुहुन्छ’ अर्थमन्त्रीले भने–‘अन्तराष्ट्रिय बजारबाट पुँजी ल्याउन पनि सरकारले सहयोग गर्छ ।’

Share News