काठमाडौं । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ३ सयले घटेको छ । मंगबार प्रतितोला रु ६१ हजारमा कारोबार भएको सुन बुधबार ६० हजार ७ सयमा बिक्री भईरहेको छ ।

तेजापी सुन भने मंगलबारको तुलना ३ सय कमि भई बुधबार प्रतितोला ६० हजार ४ सयमा कारोबार भईरहेको छ । त्यस्तै चाँदी मंगलबारको तुलनामा प्रतितोला २० रुपैयाँ घटेर ७४० मा कारोबार भईरहेको छ । अघिल्लो साता उच्च मूल्यमा बिक्री भएको सुन यो साता क्रमिक रुपमा घट्दै गएको छ ।