नेपाल र बंगलादेशबीच दाेहाेराे करमुक्ति सम्झाैता, अर्काे देशमा तिरेकाे कर स्वदेशमा समायाेजन हुने

<p>काठमाडौं । नेपाल र बंगलादेशबीच एक अर्काकाे देशमा लाग्दै आएको दोहोरो कर मुक्ति सम्झौता भएको छ । मंगलबार अर्थ मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा तथा नेपालका लागि बंगलादेशका राजदुतको उपस्थितिमा नेपालका तर्फबाट अर्थ मन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरे र बंगलादेशका तर्फबाट अर्थ मन्त्रालय आन्तरिक स्रोत महाशाखाका वरिष्ठ सचिव मुसरफ होसिनले हस्ताक्षर गर्दै यस्तो [&hellip;]</p>

काठमाडौं । नेपाल र बंगलादेशबीच एक अर्काकाे देशमा लाग्दै आएको दोहोरो कर मुक्ति सम्झौता भएको छ । मंगलबार अर्थ मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा तथा नेपालका लागि बंगलादेशका राजदुतको उपस्थितिमा नेपालका तर्फबाट अर्थ मन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरे र बंगलादेशका तर्फबाट अर्थ मन्त्रालय आन्तरिक स्रोत महाशाखाका वरिष्ठ सचिव मुसरफ होसिनले हस्ताक्षर गर्दै यस्तो सम्झौता गरेका हुन् ।

उक्त सम्झौतासँगै नेपालमा बंगलादेशी नागरिकले लगानी गरेबापतको गरेको आय आर्जनको कर नेपालमा मात्रै तिर्नुपर्नेछ भने बंगलादेशमा नेपालीले गरेको लगानीको आयकर बंगलादेशमै तिर्नुपर्नेछ । कुनै देशमा अर्को देशमा भन्दा बढी दरको कर भए अर्को देशमा तिरेको करलाई समायोजन गरेर अर्को देशमा कर तिर्न सकिने सुविधा प्राप्त हुनेछ । यस्तो अवस्थामा सम्बन्धित देशका लगानीकर्ताले आफ्नो देशमा कर दाखिला गर्दा फरेन ट्याक्स क्रेडिट शीर्षकमार्फत् करकट्टि सुविधा पाउँछन् ।

आयकर ऐन, २०५८ को दफा ७३ मा “कुनै व्यक्तिको कुनै आयमा यस ऐन वा प्रचलित कानुन बमोजिम कर लाग्ने व्यवस्था भएको र सोही आयमा विदेशी मुलुकमा पनि कर लाग्ने रहेछ भने त्यस्तो दोहोरो कर नलाग्ने गर्न नेपाल सरकारद्वारा विदेशी सरकारसित अन्तर्राष्ट्रिय सम्झौता गर्न सक्नेछ ।” भन्ने व्यवस्था छ । सोही कानुनी व्यवस्था अनुसार नेपालले विभिन्न १० देशहरुसंग दोहोरो करमुक्ति तथा वित्तीय छल निरोध सम्झौता गरेको हो ।

यो सम्झौता नेपालका लागि ११ औं र बंगलादेशका लागि ३६ औं हो । नेपालले यसअघि चीन, भारत, कतार, दक्षिण कोरिया, पाकिस्तान, मौरिसस, अष्ट्रिया, श्रीलंका, नर्वे र थाईल्याण्ड गरी १० वटा देशसँग दोहोरो कर मुक्ति सम्झौता गरिसकेको छ । सम्झौतासँगै नेपालमा बंगलादेशको लगानी भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ । नेपाली कानूनअनुसार हाल विदेशमा लगानी गर्न नपाइने भएकोले नेपाली लगानीकर्ताका लागि भने यसले खासै प्रभाव पार्ने छैन ।

Share News