काठमाडौं । मंगलबार लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी) (नेपाल) को शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले इन्स्योरेन्सको १२ प्रतिशत बोनसपछि शेयरको मूल्य समायोजन गरेकाे हो ।
समायोजन पश्चात इन्स्योरेन्सको मूल्य प्रतिकित्ता १४३२ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता २१०३.५७ रुपैयाँ रहेको छ ।
मंगलबारको बजारमा इन्स्योरेन्सको शेयर मूल्य बढेर प्रतिकित्ता १४६० रुपैयाँसम्म कारोबार भएको छ । करिब साढे २ बजेसम्म इन्स्योरेन्सको शेयर प्रतिकित्ता १७ रुपैयाँले बढेर १४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
केन्द्रिय कार्यालय नक्सालको भगवतीबहालमा रहेको यस इन्स्योरेन्सको हालसम्म एक करोड ३३ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत रहेको छ ।