आज नेपालमा हुन्थे भने शिवजीलाई लाग्थे यी ६ मुद्धा

<p>काठमाडौं । यतिबेला पशुपति सहित देशभरका शिव मन्दिरहरुमा दर्शनार्थीहरुको भीड लागिरहेको छ । हिन्दु धर्मावलम्बीहरुका लागि शिव रात्री पर्वको बिशेष महत्व छ । भगवान शिवको आराधना गर्दै आज शिवको प्रसादका रुपमा गाँजा, भाङ, धतुरो सेवन गर्ने चलन छ । पशुपति क्षेत्रमा यी वस्तुहरुको सेवनलाई प्रतिबन्ध लगाईएको छ । तर भक्तजनहरुले सेवन गर्न भने छाडेका छैनन् [&hellip;]</p>

काठमाडौं । यतिबेला पशुपति सहित देशभरका शिव मन्दिरहरुमा दर्शनार्थीहरुको भीड लागिरहेको छ । हिन्दु धर्मावलम्बीहरुका लागि शिव रात्री पर्वको बिशेष महत्व छ । भगवान शिवको आराधना गर्दै आज शिवको प्रसादका रुपमा गाँजा, भाङ, धतुरो सेवन गर्ने चलन छ । पशुपति क्षेत्रमा यी वस्तुहरुको सेवनलाई प्रतिबन्ध लगाईएको छ । तर भक्तजनहरुले सेवन गर्न भने छाडेका छैनन् ।

गाँजा सेवनलाई कानुनले प्रतिबन्ध लगाएको छ । यदि आजका दिनमा भगवन शिव नेपालमा हुन्थे भने उनलाई गाँजा सेवन गरे वापत मुद्धा लाग्ने थियो ।
भगवान शिवलाई नेपालमा लागु पदार्थ सेवन तथा ओसारपसार मद्धासहित अन्य ५ वटा कसुरमा मुद्धा लाग्ने देखिन्छ ।

यी हुन भगवान शिवलाई नेपालमा लाग्न सक्ने आधा दर्जन मुद्धा

१) गाँजा सेवन गरेकोमा लागूपदार्थ सेवन तथा ओसारपसार मुद्दा ।
२) बाघको छाला ओढी हिडेकाले वन्यजन्तु चोरीशिकार मुद्दा ।
३) दक्ष प्रजापति र आफ्नै छोरो गणेशको टाउको छिनालेकोमा कर्तव्य ज्यान मुद्दा ।
४) विष्णुलाई जग्य(विवाह मण्डपमा) राखी सिन्दुर हाल्नेबेलामा झुक्याएर सतिदेवीलाई फसाएकोमा जालसाजी मुद्दा ।
५) ७ वर्षे गोमा ब्राह्णिणीलाई विहे गर्न बाध्य पारेकोमा बालविवाह मुद्दा ।
६) यी सब गर्न ब्रह्मा र बिष्णुको मद्दत लिने हुनाले संगठित अपराधको मुद्दा

Share News