काठमाडौं । आइतबारको नेप्से परिसूचक ४.९५ अंकले घटेर ११००.५८ अंकमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.४५ प्रतिशतले घटी हो ।
करिब ५ अंकले घटेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन २ करोड ६० लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
कम्पनीले सेयरधनीलाई बोनस सहित ४८.५ प्रतिशत लाभांश दिने घोषणा गरेपछि इन्स्योरेन्सको सेयरमा लगानीकर्ताको आकर्षण बढेको आइतबारको उच्च कारोबार रकमले देखाएको छ । सो दिन कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३.४५ प्रतिशतले बढेर प्रतिकित्ता १०४८ रुपैयाँ पुगेको छ । त्यस्तै, नेपाल बैंकको एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ भने बाँकी कम्पनीको एक करोडभन्दा कम रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बजारमा कुल १७४ कम्पनीको २३ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल ४ हजार ८०४ वटा कारोबारमा ८ लाख ७३ हजार ४९५ कित्ता सेयर बिक्री भएका छन् ।
त्यस्तै, निर्जीवन बीमा र होटल समूह क्रमशः ५३.०८ र ४.२३ अंकले हरिया भएका छन् भने कारोबारमा आएका बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह २७ अंकले घटेको छ ।