बिर्तामोडमा सुजुकी बर्गम्यान १२५ सीसीको स्कूटर लञ्च

<p>काठमाडौं । बिर्तामोडमा सुजुकी बर्गम्यान १२५ सी सी को स्कूटर लञ्च सहित र्याली सम्पन्न भएको छ । नेपालको बजारमा सो स्कुटरको मूल्य रु।२ लाख २९ हजार ९सय कायम गरिएको छ । जसमा १४ इन्चको आकारको ट्युबलेस ठूला टायरहरु छन्, सुजुकी बर्गम्यान १२५ मा ७५०० आरपिएममा ८।७ बिएचपि को शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२५ सिसिको [&hellip;]</p>

काठमाडौं । बिर्तामोडमा सुजुकी बर्गम्यान १२५ सी सी को स्कूटर लञ्च सहित र्याली सम्पन्न भएको छ । नेपालको बजारमा सो स्कुटरको मूल्य रु।२ लाख २९ हजार ९सय कायम गरिएको छ । जसमा १४ इन्चको आकारको ट्युबलेस ठूला टायरहरु छन्, सुजुकी बर्गम्यान १२५ मा ७५०० आरपिएममा ८।७ बिएचपि को शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२५ सिसिको शक्तिशाली इन्जिन जडित छ ।

नेपालभर ७८ ठाँउबाट सुजुकीको प्रोडक्ट नेपालको ठुलो घराना भी जी आटोमोबाइलसले गर्दै आएको हो । बिर्तामोड़ तथा आसपासका क्षेत्रमा बिक्री पछिको सेवा प्रभावकारी रुपमा प्रदान गर्ने क्षमता राख्ने गजुर मुखी ट्रेड लिंक बिर्तामोडले  सेल्स, सर्भिस र स्पियर्स सजीलो  संग उपलब्ध गराउदै आएको गजुर मुखी ट्रेड लिंकका संचालक रूपक थापाको भनाई रहेको छ ।


प्रमुख अतिथि  राष्ट्रिय उपभोक्ता मंच झापाको अध्यक्ष मदनगोपाल सुब्बाले सुजुकी बर्गम्यान स्कूटर को स्टाट गरेर र्यालिको सुरुवात गरेकन थिए । कार्यक्रममा बिशिस्ट अतिथि उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई , उद्योग वाणिज्य संघ बिर्तामोडका बरिष्ट उपाध्यक्ष प्रकास शिवाकोटी लगायतका ब्यक्ति हरु को उपस्थिति थियो ।

सुजुकी, जापानीज बाइकहरु निर्माणमा ख्याति कमाएको विश्वकै एक अग्रणी बाइक निर्माता हो र हाल विश्वका प्रायःजसो सबै देशहरुमा यसको उपस्थिति रहेको छ । विश्वमा सर्वाधिक अवार्डहरु प्राप्त गर्न सफल सुजुकी बाइकहरु नेपालमा विभिन्न आकर्षक रङ्गहरु र विविध मुल्यमा उपलब्ध छन्न ।

Share News