लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशीलराज पराजुली, आजै लिए सपथ ग्रहण

<p>काठमाडौं । लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशीलराज पराजुली चयन भएका छन् । नवनियुक्त अध्यक्ष पराजुलीले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष आइतबार(आज)पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक बमबहादुर मिश्र, का.मु. निर्देशक वीरेन्द्र दत्तअवस्थी, लुम्बिनी विकास बैंकका सञ्चालक प्रविणकृष्ण श्रेष्ठ, [&hellip;]</p>

काठमाडौं । लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशीलराज पराजुली चयन भएका छन् ।

नवनियुक्त अध्यक्ष पराजुलीले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष आइतबार(आज)पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक बमबहादुर मिश्र, का.मु. निर्देशक वीरेन्द्र दत्तअवस्थी, लुम्बिनी विकास बैंकका सञ्चालक प्रविणकृष्ण श्रेष्ठ, सञ्चालक प्रतापकुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा तथा कम्पनी सचिवहरिकृष्ण सुवेदीको उपस्थिति रहेको थियो ।

विकास बैंकको गत शुक्रबार बसेको संचालक समितिको बैठकले संस्थाको अध्यक्ष पदमा पराजुलीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

Share News