भरतमोहन अधिकारीः विकास र सामाजिक सुरक्षाका ‘कोरियोग्राफर’

<p>काठमाडौं । कम्युनिष्टले चुनाव जिते ६० वर्ष उमेर कटेकाहरुलाई मार्छन् भन्ने व्यापक हल्लाका बिच तत्कालिन एमालेले २०५१ सालको मध्यावधि निर्वाचनमा पहिलो दलको हैसियत प्राप्त गर्यो । अर्थमन्त्री कसलाई बनाउने भन्नेबारे पार्टीमा उपयुक्त पात्रको खोजी सुरु भयो । त्यतिबेला फेला परे भरत मोहन अधिकारी । अर्थमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै निजी सम्पति हडप्ने, ६० वर्ष माथीका जेष्ठ [&hellip;]</p>

काठमाडौं । कम्युनिष्टले चुनाव जिते ६० वर्ष उमेर कटेकाहरुलाई मार्छन् भन्ने व्यापक हल्लाका बिच तत्कालिन एमालेले २०५१ सालको मध्यावधि निर्वाचनमा पहिलो दलको हैसियत प्राप्त गर्यो । अर्थमन्त्री कसलाई बनाउने भन्नेबारे पार्टीमा उपयुक्त पात्रको खोजी सुरु भयो । त्यतिबेला फेला परे भरत मोहन अधिकारी ।

अर्थमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै निजी सम्पति हडप्ने, ६० वर्ष माथीका जेष्ठ नागरिकलाई मार्ने जस्ता कु प्रचारलाई चिर्ने उपायको खोजी सुरु गरे अधिकारीले । व्यापक छलफलपछि फेला पारे कु प्रचार छिचाल्ने उपाय अनि आयो बजेटमा वृद्धि भत्ताको कार्यक्रम ।

उनै अधिकारीको कोरियोग्राफीमा सुरु भएको वृद्ध भत्ता कार्यक्रम आज पर्यन्त कम्युनिष्ट पार्टीका लागि जनमत बटुल्ने अस्त्र बनिरहेको छ । त्यसपछिका हरेक निर्वाचनमा तत्कालिन एमालेले वृद्ध भत्ताको कार्यक्रमलाई प्रमुख एजेण्डाका रुपमा अघि सार्दै आएको छ भने अहिलेको नेकपाले पनि २०७४ सालको निर्वाचनमा वृद्ध भत्तालाई प्रमुखताका साथ उठाएको थियो । आगामी पाँच बर्षभित्र वृद्ध भत्ता मासिक ५ हजार पुर्याउने घोषणा नेकपाले गरेको छ ।

अधिकारीलाई अमर बनाउने ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम पनि हो । देश अविकाशको भूमरीमा थियो, श्रोत साधन केन्द्रिकृत थियो, धारा, पानी, बाटो माग्न पनि सिंहदरबारमै आउनुपर्ने बाध्यता थियो । उनै अधिकारीले ल्याई दिए आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रम । यहि कार्यक्रमले तत्कालिन गाउँ विकास समितिहरुले निश्चित रकम पाए र गाउँ गाउँमा सडक निर्माण आरम्भ गरेका थिए ।

त्यति मात्रै होइन, भरत मोहनकै कोरियाग्राफीमा गाउँ गाउँमा शहकारी, घर घरमा रोजगारी कार्यक्रम आएको थियो । तिनै शहकारीहरु आज ग्रामिण वस्तीमा आर्थिक उपार्जनका लागि वरदान सावित भैरहेका छन् । कम्युनिष्ट पार्टीका नेता  भएर उनले सममालिन विश्वमा विकास भैरहेको अकाट्य आर्थिक उदारिकरण र समाजवादी कार्यक्रमको उपयुक्त संयोजन गराएका थिए । पुँजी बजारमा लाग्दै आएको संस्थागत तर्फको १५ प्रतिशत पुँजीगत लाभकरलाई १० प्रतिशत र व्यक्तिगत तर्फ १० प्रतिशत रहेको पुँजीगत लाभकरलाई ५ प्रतिशतमा झार्ने काम पनि उनैले गरेका थिए ।

अर्थशास्त्रमा एमए गरेका अधिकारीले संसारभर उभार ल्याईरहेको उदारीकरणको छालबाट जोगिँदै देशमा समाजवादका आधारभूत पक्ष समेटिएका कार्यक्रम ल्याएका थिए । उनको बजेटसँग पुँजीवादी पश्चिमा पनि सन्तुष्ठ थिए भने बामपन्थी मतदाता पनि कन्भिन्स थिए । गरिब र पुँजीवादीहरुलाई एकै पटक सम्बोधन गर्न सक्ने क्षमता अधिकारीमा थियो । उनलाई उद्योगी व्यवसायीका प्रिय मन्त्री मानिन्छ । अधिकारीलाई औद्योगीक घरानाहरुले पनि सम्झिरन्छ भने गरिबका झुपडीहरुमा पनि उनको नाम चिरस्थायी रहनेछ ।

४ पटक अर्थमन्त्री र १ पटक भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका अधिकारीले २ पटक उप प्रधानमन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए ।

Share News