राम्रो काम गर्दा गर्दै….अलबिदा रविन्द्र अधिकारी

<p>काठमाडौँ । सायद रविन्द्र अधिकारीलाई यति छिट्टै जानु रहेछ, त्यही भएर उनले गर्नु पर्ने काम रफ्तारमा गरेका रहेछन् । एक वर्ष अघि मन्त्री बन्दै गर्दा रविन्द्र अधिकारी केही हतास देखिन्थेँ । कसरी काम गरेर देखाउने ? १०० दिनको कार्यप्रगति देखाउन उनी यसरी लागे कि कर्मचारीलाई राम्ररी निदाउन समेत दिएनन् र सबैभन्दा छिटो कार्यप्रगति प्रस्तुत पनि [&hellip;]</p>

काठमाडौँ । सायद रविन्द्र अधिकारीलाई यति छिट्टै जानु रहेछ, त्यही भएर उनले गर्नु पर्ने काम रफ्तारमा गरेका रहेछन् । एक वर्ष अघि मन्त्री बन्दै गर्दा रविन्द्र अधिकारी केही हतास देखिन्थेँ । कसरी काम गरेर देखाउने ? १०० दिनको कार्यप्रगति देखाउन उनी यसरी लागे कि कर्मचारीलाई राम्ररी निदाउन समेत दिएनन् र सबैभन्दा छिटो कार्यप्रगति प्रस्तुत पनि गरे ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा (अनेरास्वीयू) मा राम्रो अभ्यास गरेर खारिएका अधिकारी मिडिया ह्यान्डलिङमा अब्बल रहेका थिए । उनले यो कुरा राम्ररी बुझेका थिए कि काम नगरे मन्त्री बन्नुको कुनै तुक छैन ।

उनी मन्त्री बनेपछी अति हतारोमा देखिन्थेँ, कामलाई कसरी गति दिने ? पर्यटनको माध्यमबाट देशलाई समृद्धिको यात्रामा अघि बढाउन वर्ष २०२० लाई पर्यटन वर्ष मनाउने निर्णय गरे । धेरै भन्दा धेरै विदेशी पर्यटक भित्र्याउन उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल द्रुत गतिमा अघि बढाउन सक्दो प्रयास गरे ।

मन्त्रीको निर्देशनमा विमानस्थल असारबाटै परीक्षण उडान गर्ने र असोजसम्ममा व्यवसायिक उडान गर्ने गरी निर्माण भैरहेको छ । चिनियाँ पर्यटक भित्र्याउन उनले चिनियाँ भाषामै एप्सको निर्माण गरेका छन् । पटक पटक चीन भ्रमणका बेला करोडौं चिनियाँ पर्यटकलाई बुद्ध जन्मस्थल लुम्बिनी ल्याउन सकिन्छ भनेर बारम्बार भन्दै आइरहेका थिए । चिनियाँ ब्युरोकेसी नेपालको पर्यटनमा सहयोग गर्न तत्पर छ, करोडौं चिनियाँ बुद्ध भूमि टेक्न चाहन्छन् भनेर बारम्बार दोहोर्याउदै आएका थिए ।

उनी मन्त्री बनेपछि नेपाल वायुसेवा निगमले २४ अर्ब खर्चिएर ल्याएको २ जहाज यति विवादित बन्यो कि सारा जनता जहाजको विषयमा विज्ञ बन्न भ्याए । यसै क्रममा संसदको सार्वजनिक लेखा समितिले अधिकारीलाई समेत छानविन गर्न सिफारिस गरेपछि उनीमाथी संकट चुलिएको थियो ।

नेपालको इतिहासमै ल्याइएको सबैभन्दा ठूलो जहाजलाई नेपाल वायु सेवा निगमले व्यस्त बनाउन नसक्दा अधिकारीले जसको साटोमा अपजस पाउन थाले । पछिल्लो समय अधिकारीलाई मन्त्री पदबाट हटाउन खोजिएको भनेर पनि आँकलन गर्न थाले । तर, उनले पत्रकार सम्मेलन नै गरेर राजीनामा नदिने स्पष्ट पारे ।

यसपछिका दिनहरुमा उनी देशका विभिन्न विमानस्थलहरुको स्तरोन्नती र बन्द रहेका विमानस्थलहरुलाई सञ्चालन गर्न मै व्यस्त रहन्थेँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्नका लागि काभ्रेको नागिडाडामा आन्तरिक विमानस्थल बनाउन उनकै सक्रियातामा स्थल छनोट गरी काम अघि बढाइयो । यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि साथ दिए । ओलीले सार्वजनिक रुपमै सो विमानस्थल आवश्यक रहेको र बन्नु पर्ने विचार व्यक्त गर्दै आएका थिए ।

त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा विकास गर्नका लागि उनले सक्दो प्रयास गरे । उनकै पहलमा विमानस्थलमा हेलिप्याड, पार्किङस्थल बनाउने लगायत प्रगतिको काम गरे । विमानस्थलमा कर्मचारीको व्यवस्थापन गरी दैनिक २३ घण्टासम्म सञ्चालन गरे । नेपालको हवाई क्षेत्रलाई युरोपियन युनियन र आइकाओको कालो सूचिबाट हटाउन उनी निरन्तर लागि परे । यद्यपी आइकाओको कालो सूचिबाट हटेपनि युरोपियन युनियनले हटाउन मानेन ।

ताप्लेजुङ घटनाले अधिकारी मात्र होइन पर्यटन क्षेत्र विकासका चम्किला व्यक्तिहरु पनि सधैका लागि बिलाएका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरणका उपनिर्देशक विरेन्द्र श्रेष्ठ, प्राधिकरणकै एरिड्रोम इन्जिनियरिङका प्रमुख धुब्र भोछिभोया, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, क्याप्टेन प्रभाकर केसी, उपसचिव युवराज दाहाल र सेनाका जमदार अर्जुन घिमिरेले ज्यान गुमाएका छन् ।

अधिकारी हँसिला र कामलाई उच्च गति दिन सक्ने व्यतित्वका धनी थिए । राम्रो काम गरेरै चर्चामा उक्लिन खोजेका अधिकारी अप्रत्यासित रुपमा बिलाएका छन् । उनको यो सकारात्मक सोच र उनको आत्मा देशको प्रगतिमा धड्किरहनेछ ।

Share News