शुक्रबार सुन साताकै कम मूल्यमा, प्रतितोला ६२ हजारमा कारोबार

<p>काठमाडौं । विहिबारको तुलनामा सुन प्रतितोला ४ सयले घटेको छ । साता भरिको नै कम मूल्यमा शुक्रबार सुन प्रति तोला ६२ हजारमा कारोबार भईरहेको छ । विहिबार ६२ हजार ४ सयमा बिक्री भएको सुनमा एक्कासी यो साता प्रतितोला ४ सयले कमी आएको हो । त्यस्तै विहिबार तेजावी प्रतितोला ६२ हजार १ सय कारोबार भएको थियो [&hellip;]</p>

काठमाडौं । विहिबारको तुलनामा सुन प्रतितोला ४ सयले घटेको छ । साता भरिको नै कम मूल्यमा शुक्रबार सुन प्रति तोला ६२ हजारमा कारोबार भईरहेको छ ।
विहिबार ६२ हजार ४ सयमा बिक्री भएको सुनमा एक्कासी यो साता प्रतितोला ४ सयले कमी आएको हो । त्यस्तै विहिबार तेजावी प्रतितोला ६२ हजार १ सय कारोबार भएको थियो भने शुक्रबार प्रतितोला ४ सय घटेर ६१ हजार ७ सयमा कारोबार भईरहेको छ ।

चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला ७७० मा कारोबार भईरहेको छ ।

साताको पहिलो दिन आइतबार सुन प्रतितोला ६२ हजार ६ सयमा कारोबार भएको थियो । सोमबार, मङ्गलबार भने प्रतितोला ६२ हजार ७ सय र ६२ हजार ८ सयमा बिक्री भएका हो । बुधबार भने आइतबारको मूल्यमा बिक्री भएको थियो ।

Share News