
काठमाडाै । उर्जामन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् । अचानक बेहोस भएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
उर्जामन्त्रीका प्रेस सल्लाहकार रोशन खड्काले उर्जामन्त्रीलाई अस्पताल भर्ना गरेको पुष्टि गर्दै हाल अवस्था सामान्य रहेको जानकारी दिए ।
पुनलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा र बनमन्त्री शक्ति बस्नेत नर्भिक अस्पताल पुगेका छन् ।
प्रेस सल्लाहकार खड्काले साँझ ५ बजेतिर रिंगटा लागेपछि उर्जामन्त्रीलाई अस्पताल लगिएको जानकारी दिए ।