काठमाडौं । पाँचथर पावर कम्पनीले हाल निष्कासन गरिरहेको आईपीओको म्याद एकदिनको लागि थपिएको छ । बिहीबार सार्वजनिक बिदा भएपछि सो दिन बन्द हुन लागेको उक्त आईपीओको म्याद शुक्रबारसम्मको लागि थपिएको हो ।
म्याद थपिएपछि इच्छुकले अब शुक्रबार(फागुन १७ गते)सम्म कम्पनीको आईपीओमा आवेदन दिन पाउने भएका छन् । माग भन्दा बढी आवेदन परेपछि कम्पनीले बिहीबार आवेदन बन्द गर्न लागेको थियो ।
तर बिहीबार सार्वजनिक बिदा भएपछि बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने भएकाले आईपीको आवेदनको समय थपिएको हो । बुधबार पर्यटनमन्त्री रबिन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि सरकारले बिहीबार सार्वजनिक बिदा दिएको हो ।
बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बुधबार बेलुकीसम्म आईपीओमा २१ करोड १० लाख रुपैयाँको आवेदन परेको छ । जुन मागभन्दा बढी आवेदन हो ।
कम्पनीले फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म कुल १७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियाे । निष्काशित सेयरमध्ये कम्पनीले ३५ हजार ५ कित्ता कर्मचारीलाई, ८७ लाख ५१२ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी १६ लाख २७ हजार ७३३ कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ ।