पोखराकी पम्फा देवकोटाः हेल्परदेखि उद्योगीसम्मको यात्रा

<p>काठमाडौं । ५ वर्षसम्म आइसक्रिम उद्योगमा हेल्परको रुपमा काम गरेकी पोखराकी पम्फा देवकोटा अहिले ६५ लाखको उद्योगको मालिक भएकी छिन् । गत जेठ महिनामा रामचन्द्र अधिकारीसँगको सहकार्यमा पोखरा बुढीबजारमा शुरु गरेको दीप आइसक्रिम कम्पनीले अहिले बजारमा राम्रो प्रभाव जमाएको छ । अहिले हेर्दा पम्फाको जीवन सुन्दर देखिन्छ, तर उनको जीवनमा धेरै खालका दुःखकष्ट र अनुभूति [&hellip;]</p>


काठमाडौं । ५ वर्षसम्म आइसक्रिम उद्योगमा हेल्परको रुपमा काम गरेकी पोखराकी पम्फा देवकोटा अहिले ६५ लाखको उद्योगको मालिक भएकी छिन् । गत जेठ महिनामा रामचन्द्र अधिकारीसँगको सहकार्यमा पोखरा बुढीबजारमा शुरु गरेको दीप आइसक्रिम कम्पनीले अहिले बजारमा राम्रो प्रभाव जमाएको छ ।

अहिले हेर्दा पम्फाको जीवन सुन्दर देखिन्छ, तर उनको जीवनमा धेरै खालका दुःखकष्ट र अनुभूति छन् । उनको माइतिपनि आर्थिक सम्पन्न छैन । घरमा खान पनि दुःख थियो । सानै उमेरमा बिहे भयो, बिहेपछि श्रीमानले छोडेर एक्लो बनाए । ऋणको भारपनि बोकाए, तर उनले हिम्मत हारिनन् ।

श्रीमानले छोडेपनि उनले लगाएको ऋण तिर्न पम्फाले निकै संघर्ष गरिन् । पोखरा कै एक आइसक्रिम उद्योगमा हेल्परदेखि सेल्सम्यान र चालक समेतको काम गरिन् । ५ वर्ष कडा मेहनत गरी ऋण तिरिन्, र अहिले आफ्नै व्यवसाय शुरु गरेकी छिन् ।

पम्फाले २०७५ सालमा जेठमा ६५ लाखको आईसक्रिम व्यवसाय शुरु गरेकी हुन् । रामचन्द्र अधिकारीको सहकार्यमा २०७४ साल मंसिरमा हेटौँडामा कृषिफर्मको शुरु गरेको उनले बताइन् । उनको र्फमा १५ सय कुखुरा, ३० वटा भैंसी, ५० वटा बाख्रा गरिएको छ ।

यस्तो छ पम्फाको जीवनी
गोरखाको सामान्य परिवारमा २०४८ सालमा जन्मिएकी पम्फाको परिवारमा ८ दिदिबहिनी, १ दाई रहेका छन् । उनले २०६५ सालमा गाउँबाटै एसएलसी उत्तीर्ण गरेकी थिइन् । त्यसपछि घरपरिवारको रोजाईँ चितवनको देवघाटमा उनको विवाह भएको थियो । विवाहपछि पोखरा गइन्, उनले त्यहीबाट १२ कक्षा उत्तीर्ण गरिन् ।

स्नातक तह पढ्दै गरेकी उनले त्यो अवधिमा १ छोरालाई जन्म दिइन् । छोराको जन्मसँगै उनको पढाई रोकियो । पोखराको एक आईसक्रिम कम्पनीमा काम गर्ने उनका श्रीमानले २०६९ सालको भदौमा कम्पनीबाट ८ लाख रुपैयाँ लिएर फरार भए । त्यसपछि उनको जीवनमा संघर्ष थपियो ।

अहिले उनी सामाजिक काममा समेत सक्रिय रहेकी छिन् । ‘हृदयको आवाज’ भन्ने संस्थाको स्थापना गरेकी छिन् । एकल महिलाका लागि उर्जा एवम् आत्मनिर्भर गराउने उद्देश्यले उक्त संस्था शुरु गरेको देवकोटाको भनाई रहेको छ । अब आगामी दिन उक्त संस्थाबाट एकल महिलामाथि भएको अन्याय एवम् उनीहरुलाई आत्मनिर्भर बनाउने र आफ्नो व्यवसायलाई थप समृद्ध बनाएर लैजाने उनले बताइन् ।

Share News