काठमाडौं । नेपालमा हालसम्म ३३ वटा हेलिकप्टर दुर्घटनामा परेको छ । सन् १९७९ मा पहिलो पटक हेलिकप्टर दुर्घटना भएको थियो । हेलिकप्टर दुर्घटनामा ६८ जनाले ज्यान गुमाएका छन् ।
सन् १९७९ मा भिभिआइपी कम्पनीको अल्टी आइआइआइ नामक हेलिकप्टर लमजुङमा दुर्घटना भएको थियो । सो दुर्घटनामा ६ जनाले ज्यान गुमाका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङक ३३ हेलिकप्टर दुर्घटना भएका छन् । दुर्घटनामा परि ६८ जनाले ज्यान गुमाएका छन् भने १७ जना घाइते भएका छन् ।
तथ्याङ्क अनुसार ताप्लेजुङ मै २००६ मा सबैभन्दा धेरै व्यक्तिले ज्यान गुमाएका थिए । घटनामा तत्कालीन राज्यमन्त्री गोपाल राई वातावरणविद् हर्क गुरुङ सहित २४ जनाले ज्यान गुमाएका थिए ।
श्री एयरलाइन्सको २४ सिट क्षमताको हेलिकप्टर दुर्घटना भएको थियो । बुधबार भएको दुर्घटना नेपालको इतिहामै सबैभन्दा उच्च पदस्त व्यक्तिहरुले ज्यान गुमाएका छन् ।
हेलिकप्टर उड्नको लागि कम्तिमा १ माइल दुरी पाइलटले देख्नुपर्ने मौसम हुनु पर्ने पूर्व क्याप्टेन युवराजकुमार भट्टराईले बताए । हवाई दुर्घटना न्युनिकरण गर्न यो नै गर्नुपर्छ भन्न सकिदैंन । क्याप्टेन भट्टराईले भने–सामान्य नियम पालना गर्नैपर्छ ।
यस्तो छ हालसम्मको हेलिकप्टर दुर्घटनाको अवस्था
