बजारमा थरीथरीका सिमेन्टः यी ६ मध्ये ओपीसीमा होङ्शी र पीपीसीमा जगदम्बा सस्तो

<p>काठमाडौं । तपाईँ घर बनाउँदै हुनुहुन्छ ? वा जुनसुकै निर्माणका काम गर्दै हुनुहुन्छ भने तपाईँलाई सिमेन्टको जरुरी पक्कै हुन्छ । तर, बजारमा धेरै कम्पनीका सिमेन्ट पाइन्छ । उही तौलका सिमेन्टको मूल्य फरक फरक छ । ओपीसी सिमेन्टमा बजारमा सबैभन्दा सस्तो होङ्शी शिवम् र पीपीसीमा जगदम्बा सिमेन्ट सस्तो पाइएको छ । त्यसैगरी कम्पनी मूल्य अनुसार ओपीसीमा [&hellip;]</p>

काठमाडौं । तपाईँ घर बनाउँदै हुनुहुन्छ ? वा जुनसुकै निर्माणका काम गर्दै हुनुहुन्छ भने तपाईँलाई सिमेन्टको जरुरी पक्कै हुन्छ । तर, बजारमा धेरै कम्पनीका सिमेन्ट पाइन्छ । उही तौलका सिमेन्टको मूल्य फरक फरक छ ।

ओपीसी सिमेन्टमा बजारमा सबैभन्दा सस्तो होङ्शी शिवम् र पीपीसीमा जगदम्बा सिमेन्ट सस्तो पाइएको छ । त्यसैगरी कम्पनी मूल्य अनुसार ओपीसीमा सबैभन्दा महङ्गो युनाइटेड र पीपीसीमा सबैभन्दा महङ्गो होङ्शी शिवम् सिमेन्ट रहेको छ ।

बजारमा पाइने ६ वटा सिमेन्टको कम्पनी मूल्य कति छ भनेर विकासन्यूजले बुझ्ने कोशिस गरेको छ । अम्बे, हेटौंडा, जगदम्बा, अर्घाखाँची, युनाइटेड र होङ्शी शिवम् सिमेन्ट मध्ये ओपीसीमा कम्पनीले तोकेको मूल्य अनुसार सबैभन्दा महङ्गो युनाइटेड छ भने सबैभन्दा कम मूल्य होङ्शी शिवम् सिमेन्टको छ । होङ्शी शिवम् सिमेन्ट(पिपिसी)को मूल्य प्रति बोरा ७ सय रुपैयाँ रहेको छ । यता सबैभन्दा महङ्गा सिमेन्ट युनाइटेड (पिपिसी) को कम्पनी मूल्य ८ सय ५० रुपैयाँ रहेको छ ।

त्यसैगरी ओपिसीमा सबैभन्दा सस्तो जगदम्बा रहेको छ । यसको कम्पनी मूल्य प्रतिबोरा ६६५ रुपैयाँ रहेको छ । ओपिसीमा सबैभन्दा मंहगो होङ्शी शिवम् को कम्पनीले तोकेको मूल्य ८०० रुपैयाँ रहेको छ ।

यसैगरी ओपीसी सिमेन्टतर्फ कम्पनी मूल्य अम्बे सिमेन्ट ७९०, हेटौँडाका ८४७, जगदम्बाको ७७५, अर्घाखाँचीको ७७०, यूनाइटेडको ८५० र होङ्शी  शिवम् को ७०० रुपैयाँ रहेको छ । यसैगरी, पीपीसीतर्फ कम्पनी मूल्य अम्बेको ६८०, जगदम्बाको ६६५ र होङ्शी शिवम् को ८०० रुपैयाँ रहेको छ ।

सिमेन्ट उद्योगमा २ खर्बको लगानी, उद्योग संख्या ५६
पछिलो समयमा नेपालमा सिमेन्ट उद्योगहरुको संख्यामा वृद्धि भैरहेको छ । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । करिब दुई खर्ब रूपैयाँ लगानी भएको र वार्षिक १५० अर्ब रूपैयाँ बराबरको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो वर्षदेखि आत्मनिर्भर भएको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए ।

विश्वमा सन् १८४५ देखि सिमेन्ट उत्पादन शुरु भएपनि नेपालमा १९६० देखि मात्रै उत्पादन शुरु गरिएको हो । नेपालमा अहिले तीन किसिमका सिमेन्टको गुणस्तर मापन भएको छ । नेपालमा सरकारी उद्योग हिमाल सिमेन्टले पहिलो पटक उत्पादन शुरु गरेको थियो । निजी क्षेत्रबाट भने १६ वर्ष पहिलादेखि मात्रै लगानी थालिएको हो । नेपालमा अहिले ५६ वटा सिमेन्ट उद्योगले उत्पादन गर्दै आएका छन् । हाल उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारले सञ्चालन गर्दै आएको छ ।

Share News