
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले ठाकुरद्वारा शाखा कार्यालय सञ्चालनमा आएको छ । फागुन १५ गते बर्दियाको ठाकुरबाबा गाउँपालिकास्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।
उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. बिरेन्द्रप्रसाद महतोले गरेका हुन् । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराउने जनाएको छ ।