ताप्लेजुङमा हेलिकप्टर दुर्घटना: पर्यटनमन्त्री अधिकारी, यति एयरलाइन्सका आङछिरिङ शेर्पा सहित ७ जना कै मृत्यु(नामावली सहित)

<p>काठमाडौँ । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित सबै ७ जना कै मृत्यु भएको छ । हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए । हेलिकप्टरमा सवार मन्त्री अधिकारी, यति एयर लायन्सका सञ्चालक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए । पाइलट सहित  ७ जना कै मृत्यु भएको [&hellip;]</p>

काठमाडौँ । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित सबै ७ जना कै मृत्यु भएको छ । हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए । हेलिकप्टरमा सवार मन्त्री अधिकारी, यति एयर लायन्सका सञ्चालक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए । पाइलट सहित  ७ जना कै मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ ।

मन्त्री सवार हेलिकप्टर आकाश मै आगो लागेको थियो । पाथिभरा मन्दिर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको ताप्लेजुङ जिल्ला प्रशासन कार्यालय श्रोतले जनाएको छ ।

कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न पठाएका विमानस्थल स्रोतले बताएको छ । ताप्लेजुङ प्रहरीका अनुसार पाथिभरा मन्दिर नजिक मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ । पर्यटन मन्त्रीका प्रेस सल्लाहकार उद्धव थापा पनि घटनाको पुष्टी गरेका छन् ।

ताप्लेजुङबाट तेह्रथुम जाने क्रममा विमान दुर्घटनामा परेको हो । उद्धारको लागि जिल्ला पहरी कार्यालय ताप्लेजुङको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जनाइएको छ । ताप्लेजुङका डिएसपी सञ्जयसिंह थापासहितको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घट्नास्थल पुग्न तीन घण्टा लाग्ने जनाइएको छ । घटनाको खबर पछि अहिले आकस्मिक रुपमा मन्त्री परिषद्को बैठक बसिरहेको छ ।

मृत्यु हुनेहरुको नामावली:

Share News