काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनामा परेको छ । मन्त्री सवार हेलिकप्टर आकाश मै आगो लागेको र त्यहाँ सवारी सवैको अवस्था गम्भीर रहेको बुझिएको छ ।
पाथिभरा मन्दिर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको ताप्लेजुङ जिल्ला प्रशासन कार्यालय श्रोतले जनाएको छ । सो हेलिकप्टरमा सवार मन्त्री अधिकारी, हिमालयन एयरका सञ्चालक आङछिरिङ शेर्पा सहितका ६ जनाकै अवस्था गम्भीर रहेको बुझिएको छ ।
कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न पठाएका विमानस्थल स्रोतले बताएको छ।
हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए । हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए।
ताप्लेजुङ प्रहरीका अनुसार पाथिभरा मन्दिर नजिक मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ । पर्यटन मन्त्रीका प्रेस सल्लाहकार उद्धव थापाले समेत घटनाको पुष्टी गरेका छन् ।
ताप्लेजुङबाट तेह्रथुम जाने क्रममा विमान दुर्घटनामा परेको हो । उद्धारको लागि जिल्ला पहरी कार्यालय ताप्लेजुङको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जनाइएको छ । घट्नास्थल पुग्न तीन घण्टा लाग्ने जनाइएको छ ।
घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ। घटना गम्भीर प्रकितिको रहेको बुझिएको छ । घटनाको खबर पछि अहिले आकस्मिक रुपमा मन्त्री परिषद्को बैठक बोलाइएको छ ।
