
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनामा परेको छ। पाथिभरा मन्दिर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको ताप्लेजुङ जिल्ला प्रशासन कार्यालय श्रोतले जनाएको छ ।
ताप्लेजुङ प्रहरीका अनुसार पाथिभरा मन्दिर नजिक मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ । पर्यटन मन्त्रीका प्रेस सल्लाहकार उद्धव थापाले समेत घटनाको पुष्टी गरेका छन् । उक्त हेलिकप्टरमा मन्त्री सहित ६ जना सवार रहेकाेमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन गुरुङ लगायत थिए। उक्त हेलिकप्टर प्रभाकर केसीले उडाएका थिए।
ताप्लेजुङबाट तेह्रथुम जाने क्रममा विमान दुर्घटनामा परेको हो। उद्धारको लागि जिल्ला पहरी कार्यालय ताप्लेजुङको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जनाइएको छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ। घटना गम्भीर प्रकितिको रहेको बुझिएको छ ।