काठमाडौँ । पशुपति मन्दिर परिसरमा नागा बाबा हटाउन दबाब आएको छ । विशेष गरी महाशिवरात्रीका अवसरमा पशुपति क्षेत्रमा नागा बाबाको जमघट हुने गर्छ, जसका कारण पशुपति दर्शन गर्न आउने महिला भक्तजहरुले सास्ती खेप्ने गरेका छन् ।
बिना पहिरनमा रहने बाबाहरुले मयूरको प्वाँखले भक्तजनलाई हिर्काउने गर्ने गर्छन् । भगवानको दर्शन गर्न जानेहरुलाई केही नगर्न र नागा बाबाको जिम्मा पशुपति विकास कोषले लिनुपर्ने भक्तजनहरुले गुनासो गरेका छन् ।
के भन्छ त पशुपति क्षेत्र विकास कोष ?
नागा बाबाले देखाउने क्रियाकलापको बारेमा पशुपति क्षेत्र विकास कोषका संस्कृति महाशाखा प्रमुख तथा शिवरात्री प्रचारप्रसार उपसमितिका सचिव प्रेमहरी ढुंगानाले नागा बाबालाई सतर्कता अपनाएर अनुरोध गर्ने बताए । उनले भने–ध्यान मूद्रामा बाबा बस्दा भक्तजनलाई असहजता हुँदैन, मयूरको प्वाँखले हानेर भक्तजनलाई दुःख दिने गरेको पाईन्छ, तर अब त्यस्ता समस्या समाधानका लागि सकेसम्म प्रयासरत रहने छौं ।
साथै, शिवरात्रीको समय बाबाहरुको छेउछाउमा जाने तथा जिस्क्याउने किसिमको क्रियाकला नगर्न भक्तजनलाई समेत गर्न कोषको आग्रह गरेको छ । शिवरात्रीका समयमा पशुपति दर्शन गर्न आउँदा महङ्गा गहना नलगाउन कोषले अनुरोध गरेको छ ।
के होला त समाधान ?
पशुपति मन्दिरमा भक्तजनको रुपमा पुरुष मात्र नभएर महिला समेत आउने कुरा सर्वविधितै छ । यसरी महिला, पुरुष सबैजना आउने वातावरणको निर्माण गर्न कोषले आफ्नो तर्फबाट पहल भने गर्नु पर्ने भक्तजनाहरुको भनाई छ ।
पशुपति क्षेत्रमा भेटिएका एक भक्तजन भन्छन्–भगवान शिवलाई सम्झेर पशुपति आउनेले अनेकौँ सास्ती खेप्नु पर्ने कुरा ठीक होइन ।
नागा बाबापनि भगवान कै रुप भएको विश्वासका कारण पूर्ण रुपम निषेध गर्न नसकिने कोषले जनाएको छ । यस वर्ष यही फागुन २० गते सोमबार महाशिवरात्री परेको छ । महाशिवारात्रीको समयमा भगवान शिवको दर्शन गर्नु मान्यता छ । यसरी नै सोही समयमा भगवानको दर्शन गर्न नसकेपनि पाईला पार्दा मात्रैपनि पुण्य प्राप्त हुने विश्वास गरिन्छ ।
पशुपति विकास कोषले महाशिवरात्रीको समयमा दर्शनार्थीको रुपमा समेत भगवान मन्दिर छिर्ने गरेको धार्मिक विश्वास पाइन्छ । सोही कारण महाशिवरात्रीको समयमा भगवानको दर्शन गर्न नसक्नेले दर्शनार्थी कै दर्शन गर्दा समेत एक किसिमको पुण्य प्राप्त हुने विश्वास रहेको पाईन्छ । यसपालीको शिवरात्रीमा नागा बाबा, गाँजा सेवन र व्यापारको सवालमा उठेका सन्दर्भलाई पशुपति विकास कोषले समाधान गर्नु पर्ने आवाको संबोधन गर्न सक्ने महाशिवरात्री सभ्य र भव्य हुनेछ ।