एनआईसी एशियाका ग्राहकले अब घरैमा बसेर केवाइसी अपडेट गर्न सक्ने

<p>काठमाडौँ । एनआई सी एशिया बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ग्राहक पहिचान अद्यावधिक(केवाईसी अपडेट) गर्न बैंकको शाखा कार्यालयमा स्वयम् उपस्थित हुन पर्ने व्यवस्थालाई परिमार्जन गरेको छ । अब ग्राहकहरु घर तथा कार्यालयमा बसी झण्झट रहित तरिकाबाट ईन्टरनेटको माध्यमबाट आफ्नो ग्राहक पहिचान अद्यावधिक गर्न सकिने व्यवस्था मिलाएको बैंकले जनाएको छ । यस सुविधा अन्तर्गत ग्राहक महानुभावहरुले [&hellip;]</p>

काठमाडौँ । एनआई सी एशिया बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ग्राहक पहिचान अद्यावधिक(केवाईसी अपडेट) गर्न बैंकको शाखा कार्यालयमा स्वयम् उपस्थित हुन पर्ने व्यवस्थालाई परिमार्जन गरेको छ ।

अब ग्राहकहरु घर तथा कार्यालयमा बसी झण्झट रहित तरिकाबाट ईन्टरनेटको माध्यमबाट आफ्नो ग्राहक पहिचान अद्यावधिक गर्न सकिने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

यस सुविधा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com मा लगइन गरी “update KYC Online” portal मा आफ्नो खाता नम्बर, मोवाईल नम्बर र ईमेल आइडी राखेर आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सक्ने छन् ।

Share News