ब्रोकरलाई आन्दोलन नगर्न बोर्डको आग्रह

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालको सेयर बजारको समस्यालाई लिएर आन्दोलन नगर्न दलाल व्यवसायी(ब्रोकर) हरुलाई आग्रह गरेको छ । बोर्डले मंगलबार एक विज्ञप्ति मार्फत पूँजीबजार सम्बन्धी कार्यदलको सुझाव अनुसार नेपाल सरकार र बोर्ड समस्या समाधान गरी बजारको सुधार गर्ने क्रममा रहेकोले यस विषयमा आन्दोलन गरेर ठूलो नबनाउन व्यवसायीहरुलाई आग्रह गरेको हो । साथै, व्यवसायीहरुले गर्नेे [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालको सेयर बजारको समस्यालाई लिएर आन्दोलन नगर्न दलाल व्यवसायी(ब्रोकर) हरुलाई आग्रह गरेको छ । बोर्डले मंगलबार एक विज्ञप्ति मार्फत पूँजीबजार सम्बन्धी कार्यदलको सुझाव अनुसार नेपाल सरकार र बोर्ड समस्या समाधान गरी बजारको सुधार गर्ने क्रममा रहेकोले यस विषयमा आन्दोलन गरेर ठूलो नबनाउन व्यवसायीहरुलाई आग्रह गरेको हो ।

साथै, व्यवसायीहरुले गर्नेे आन्दोलनले प्रत्यक्ष रुपमा लगानीकर्ताहरुलाई असुविधा भई बजारमा थप समस्या सिर्जना हुनुका साथै राष्ट्रिय विकासको काममा समेत अवरोध हुने बोर्डले जानकारी गराएको छ । यसकारण बोर्डले सम्वन्धित पक्षहरुलाई संयमित भई आफ्नो व्यवसायिक मर्यादा कायम राखी पूँजी बजारको विकास र विस्तारमा सहयोग गर्न आग्रह गरेको छ ।

नियामक निकायको तर्फबाट बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले धितोपत्र दलाल व्यवसायीहरु प्रतिस्पर्धी हुनुपर्ने, व्यवसायको पहुँच विस्तार गर्नुपर्ने लगायतका धितोपत्र व्यवसाय तथा बजार विकास तथा विस्तारका सम्वन्धमा दिएका अभिव्यक्तिलाई अन्यथा रुपमा नलिन बोर्डले बताएको छ । बोर्डका अध्यक्ष कार्कीले गत फागुन ७ मा प्रतिनिधि सभाको अर्थ समितिले आयोजना गरेको पूँजी बजारमा देखिएको समस्या सम्वन्धी छलफल कार्यक्रममा सो कुरा बताएका थिए ।

देशमा आएको राजनैतिक स्थायित्वसँगै ब्रोकरसहित बजार सहभागीहरुको सहयोगमा हाल पूँजीबजारका विविध पक्षहरुको सुधार र विकास भइरहको छ । साथै, बजार सुधारको लागि थप स्वायत्तता प्रदान गरी यसको काम कारवाहीलाई थप प्रभावकारी बनाउन नेपाल सरकारले धितोपत्र सम्वन्धी ऐन, २०६३ को संशोधन प्रक्रिया अगाडि बढाइसकेको बोर्डले जनाएको छ ।

साथै, बोर्डले मार्जिन कारोबार सुविधा उपलब्ध गराउने कार्र्य कार्यान्वयनमा ल्याउन नेप्से र ब्रोकरलाई निर्देशन दिइएको छ । सो कार्यान्वयनमा आउन लागेको, धितोपत्र दलाल व्यवसायी संस्थालाई सुदृढ गर्दै काठमाडौं उपत्यका बाहिर ४१ स्थानमा शाखा खोल्न स्वीकृत दिइएको तथा अन्य आठ ठाँउमा शाखा खोल्न पूर्व स्वीकृति दिइएको छ ।

त्यस्तै, अन्य जिल्ला र स्थानहरुमा नियामक निकायहरुको संस्थागत तथा प्राविधिक क्षमता, धितोपत्र दलाल व्यवसायीको क्षमता तथा आर्थिक सक्रियताको हिसावले प्रतिस्पर्धात्मक र गुणात्मक रुपमा अगाडि बढाइरहेको छ ।ब्रोकरलाई धितोपत्र व्यापारी (डिलर) को रुपमा कार्य गर्ने सम्वन्धमा नियमावली संशोधनको प्रक्रिया अगाडि बढाई सम्वद्घ पक्षहरुको राय सुझावको लागि अनुरोध समेत गरेको बोर्डले जनाएको छ ।

यसरी बजारको विकास र विस्तार तथा देखिएका व्यवसायिक समस्याहरुको समाधानको लागि विभिन्न छलफलबाट त्यसलाई निराकरण गर्न बोर्ड सधै तयार रहेको विज्ञप्तिमार्फत जानकारी गराएकाे छ ।

Share News