
काठमाडौं । सेयर बजारमा नेप्से परिसूचक घटेर ११०० नजिक पुगेको छ । केही दिनयता उतारचढाव देखिएको बजारमा मंगलबारको नेप्से ७.१७ अंकले घटेर ११०२ अंकमा अडिएको छ ।
बजारमा परिसूचक सँगै कारोबार रकमपनि १६ करोडमा खुम्चिएको छ । सोमबार २० करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार जम्मा १६ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन सोमबारको तुलनामा ४ करोड रुपैयाँ घटी हो । बजारमा कुल १६५ कम्पनीको ६ लाख ५३ कित्ता सेयर बिक्री भएको छ ।
सो दिन कारोबारमा आएका १० वटै समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ४५ अंकले घटेर ५३०० अंकमा झरेको छ । राताम्मे भएको बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ७.८५ प्रतिशतले घटेको छ ।
सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ३.३३ प्रतिशतले बढेर प्रतिकित्ता ६२ रुपैयाँ पुगेको छ । अपर तामाकोशी हाइड्रोपावरको ७५ लाख ९७ हजार कित्ता सेयर कारोबार भएको छ । जुन अन्य कम्पनीको तुलनामा बढी हो । मंगलबार हाइड्रोको सेयर मूल्य प्रतिकित्ता २२३ रुपैयाँ रहेको छ ।