काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं ९ स्थित पिडारी चोकमा फागुन १४ गते ६८औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको संक्षिप्त जानकारी गराएका थिए ।
प्रदेश नं. २ मा योसँगै ४ वटा शाखा पुगिसकेको र व्यापार बिस्तारलाई तीव्रता दिने उद्देश्य सहित बैंकले थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने गरी निर्माण तथा सजावटको काम भईरहेको प्रमुख कार्यकारी अधिकृत बस्नेतले बताए ।