
काठमाडौ । चालु आर्थिक वर्षको ६ महिनामा निर्जीवन बीमा कम्पनीले ३० अर्ब २० करोड ३४ लाख ५ हजार रुपैयाँ बराबरको लगानी गरेका छन् । बीमा सम्बन्धी विद्यमान कानून अनुसार निर्जीवन बीमा कम्पनीहरुले क वर्गको लगानी अन्र्तगत सरकारी ऋणपत्रमा कम्तीमा २० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, ख वर्गको लगानी अन्र्तगत बाणिज्य बैकको मुद्दती खातामा कम्तीमा ३५ प्रतिशत, विकास बैकको मुद्दती खातामा बढीमा १५ प्रतिशत र सामूहिक लगानी कोषहरुमा बढीमा ५ प्रतिशत समेत गरी क र ख वर्गको लगानी कम्तीमा ६५ प्रतिशत लगानी गर्नुपर्ने प्रावधान छ ।
ग वर्गको लगानी अन्तर्गत भने बाणीज्य बैक, विकास बैक तथा वित्त कम्पनीहरुको अग्राधिकार सेयर वा ऋणपत्रमा बढीमा १० प्रतिशत तथा कुनैपनि पब्लिक कम्पनीको सेयर बढीमा १० प्रतिशत, उत्पादनशील वा राष्ट्रिय महत्वका क्षेत्रमा ५ प्रतिशत लगानी गर्नु पर्ने व्यवस्था छ । हालसम्म निर्जीवन कम्पनीको संख्या २० रहेको छ ।
कुन कम्पनीको लगानी कति ?
नेपाल ईन्स्योरेन्स कम्पनीले लिमिटेडले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा १ अर्ब ६२ करोड ५६ लाख २७ हजार रुपैयाँ लगानी गरेको छ । द ओरेन्टल ईन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ८२ करोड ६४ लाख ११ हजार रुपैया लगानी गरेको छ भने नेशनल ईन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ७९ करोड ६४ लाख ५७ हजार रुपैयाँ लगानी गरेको छ ।
यता, हिमालयन जेनेरल ईन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ८५ करोड ५० लाख ३६ हजार रुपैयाँको लगानी गर्दा यूनाईटेड ईन्स्योरेन्स कम्पनी नेपालले ६९ करोड ४६ लाख ३८ हजार रुपैयाँको लगानी गरेको छ । यसैगरी प्रिमियर ईन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले २ अर्ब २३ करोड ६१ लाख ८८ हजार रुपैयाँ लगानी गरेको छ भने एभरेष्ट ईन्स्योरेन्स कम्पनी लिमिटेडले ५३ करोड ६ लाख ९५ हजार रुपैयाँको लगानी गरेको छ ।
यस्तै नेको ईन्स्योरेन्स लिमिटेडले २ अर्ब ६६ करोड ६७ लाख ३२ हजार रुपैयाँको लगानी गर्दा सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब ५ करोड ७६ लाख ५७ हजार रुपैयाँ लगानी गरेको छ । त्यसैगरी, प्रभु ईन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ३० करोड ५५ लाख ६६ हजार रुपैयाँ लगानी गरेको छ भने आईएमई ईन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ४ करोड ७७ लाख ६८ हजार रुपैयाँ लगानी गरेको छ ।
प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ४७ करोड ३१ लाख २५ हजार रुपैया लगानी गर्दा शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडको लगानीको हिस्सा २ अर्ब ८० करोड ५७ लाख ९४ हजार रुपैयाँ रहेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार लुम्बिनी ईन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ८४ करोड ४४ लाख ६३ हजार रुपैयाको लगानी गरेको छ भने एनएलजि ईन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब १० करोड ४७ लाख ११ हजार रुपैयाँ लगानी गरेको छ ।
यसैगरी सिद्धार्थ ईन्स्योरेन्स लिमिटेडले २ अर्ब १५ करोड ८० लाख ८० हजार रुपैयाको लगानी गर्दा सानिमा ईन्स्योरेन्स कम्पनीले ६५ करोड ६५ लाख रुपैयाँ लगानी गरेको छ । त्यसैगरी जेनेरल ईन्स्योरेन्स कम्पनीले ७६ करोड ६० लाख रुपैया, अजोड ईन्स्योरेन्स कम्पनीले ७५ करोड १९ लाख ४७ हजार रुपैयाँ लगानी गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले गरेको लगानी भने बीमा समितिको तथ्याङ्क सूचीमा देखिदैन ।