एनआईसी एशियाको ८० लाख ३१ हजार कित्ता बोनस शेयर सूचिकृत

<p>काठमाडौँ । एनआई सी एशिया बैंक लिमिटेडको पुस ४ गते बसेको २१औं साधारणसभाबाट पारित १० प्रतिशत बोनस शेयर संख्या ८० लाख ३१ हजार ११७ कित्ता शेयर फागुन ९ गते नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । सो पश्चात् बैंकको जारी तथा चुक्तापूँजी ८ अर्ब ८३ करोड ४२ लखा २८ हजार ६९८ रहेको छ । बैंकको [&hellip;]</p>

काठमाडौँ । एनआई सी एशिया बैंक लिमिटेडको पुस ४ गते बसेको २१औं साधारणसभाबाट पारित १० प्रतिशत बोनस शेयर संख्या ८० लाख ३१ हजार ११७ कित्ता शेयर फागुन ९ गते नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ ।

सो पश्चात् बैंकको जारी तथा चुक्तापूँजी ८ अर्ब ८३ करोड ४२ लखा २८ हजार ६९८ रहेको छ । बैंकको केही शेयर अझै अभौतिकरण भइनसकेको परिप्रेक्ष्यमा उक्त शेयरहरू अभौतिकीकरण गर्न बैंकले शेयरधनीहरूमा बिज्ञप्ति मार्फत आग्रह समेत गरेको छ ।

बैंकको वासलातको आकार २१५ अर्ब भन्दा बढी पुगेको छ भने कूल निक्षेप करिब १७१ अर्ब पुगेको छ । बैंकको कूल कर्जा करिब १४९ अर्ब रहेको छ । हाल ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको बैंकले जनाएको छ ।

Share News