विद्युत प्राधिकरणका सुपरभाइजर श्रेष्ठविरुद्ध घुस लिएको अभियोगमा मुद्दा

<p>काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतको क्षमता वृद्धि गरिदिने भन्दै घुस लिएको आरोप लागेका नेपाल विद्युत् प्राधिकरणका सुपरभाइजर महेन्द्र श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । एक सेवाग्राहीबाट हाल प्रयोग गरिरहेको विद्युतको क्षमता वृद्धि गरिदिने भन्दै सुपरभाइजर श्रेष्ठले १५ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो । आयोगले आरोपी श्रेष्ठलाई बिगो असुल [&hellip;]</p>


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतको क्षमता वृद्धि गरिदिने भन्दै घुस लिएको आरोप लागेका नेपाल विद्युत् प्राधिकरणका सुपरभाइजर महेन्द्र श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

एक सेवाग्राहीबाट हाल प्रयोग गरिरहेको विद्युतको क्षमता वृद्धि गरिदिने भन्दै सुपरभाइजर श्रेष्ठले १५ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो । आयोगले आरोपी श्रेष्ठलाई बिगो असुल गरी कैद सजायको माग गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

Share News