काठमाडौं । पाँचथर पावरको १७ लाख ५० हजार २५० कित्ता साधारण सेयर(आइपीओ) आजबाट बिक्री खुल्ला भएको छ । कम्पनीले फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म कुल १७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो ।
निष्काशित सेयरमध्ये ३५ हजार ५ कित्ता कर्मचारीलाई, ८७ लाख ५१२ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी १६ लाख २७ हजार ७३३ कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ ।
जसमा न्युनतम १० कित्ता अर्थात एक हजार रुपैयाँकै आवेदन दिन सकिनेछ भने अधिकतम १ हजार ६ सय २० कित्तासम्म आवेदन दिन सकिन्छ । उक्त आईपीओको बिक्री छिटोमा फागुन १६ गते र ढिलोमा चैत १२ गते निष्काशन बन्द हुनेछ । पावरको आईपीओ निष्कासनको काम सानिमा क्यापिटल लिमिटेडले गर्ने भएको छ ।
केयर रेटिङ्गस् नेपालले कम्पनीको आईपीओलाई ‘केयर एनपी आईपीओ ग्रेड ४’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय विवरण औषतभन्दा कमजोर रहेको बताउँछ ।