रसुवागढी नाका अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले भने-यसलाई व्यवस्थित बनाउनु पर्छ

<p>काठमाडौँ । मुख्यमन्त्री पौडेलले नेपाल र चीनको सिमानामा रहेको रसुवागढी नाकाको अवलोकन गरेका छन् । यसक्रममा मुख्यमन्त्री पौडेलले रसुवागढी नाका, चिलिमे जलविद्युत आयोजना, ऐतिहासिक स्थल रसुवागढीको अवलोकन गरे । अवलोकनका क्रममा रसुवागढी नाकालाई व्यवस्थित बनाउनु पर्ने बताए । यसको लागि प्रदेश सरकारले संघीय सरकारसंग समन्वय गर्ने पनि उनले बताए । ऐतिहासिक रसुवागढीको संरक्षणका लागि सरकारले [&hellip;]</p>


काठमाडौँ । मुख्यमन्त्री पौडेलले नेपाल र चीनको सिमानामा रहेको रसुवागढी नाकाको अवलोकन गरेका छन् । यसक्रममा मुख्यमन्त्री पौडेलले रसुवागढी नाका, चिलिमे जलविद्युत आयोजना, ऐतिहासिक स्थल रसुवागढीको अवलोकन गरे । अवलोकनका क्रममा रसुवागढी नाकालाई व्यवस्थित बनाउनु पर्ने बताए । यसको लागि प्रदेश सरकारले संघीय सरकारसंग समन्वय गर्ने पनि उनले बताए ।

ऐतिहासिक रसुवागढीको संरक्षणका लागि सरकारले योजना बनाएको जानकारी दिए । गढीको सम्बद्र्धन गरी पर्यटकीय आकर्षण गर्ने योजनापनि मुख्यमन्त्री पौडेलले सुनाए । यसका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।

परिवर्तित व्यवस्था अनुसार कार्यशैली परिवर्तन आवश्यकःमुख्यमन्त्री पौडेल

यसैबीच, ३ नम्बर प्रदेशका मुख्यमन्त्री पौडेलले परिवर्तित व्यवस्थाअनुसार विकास गर्ने कार्यशैलीपनि परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । उनले छिटो भन्दा छिटो विकास गर्न र विकासको गति थप बढाउन जरुरी रहेको उल्लेख गरे ।

रसुवामा स्थानीय तहका जनप्रतिनिधि तथा सरकारी कार्यालयका प्रमुखहरुसंग भएको अन्तरक्रियामा बोल्दै उनले कामको गति कुदाउन नसके परिवर्तनको आभाष दिनपनि नसकिने बताए । उनले भने–‘हामिले व्यबस्था परिवर्तन ग¥यौ,ं त्यहिअनुसार परम्परागत शैलीलाई परिवर्तन गर्नु जरुरी छ । ’प्रदेशका १३ जिल्लाहरु मध्ये रसुवा नेपालको लाइफलाइनभएको बताउँदै मुख्यमन्त्री पौडेलले रसुवामा देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका राख्ने चीनसंगको नाका भएको बताए ।

दैनिक करोडौ राजश्व अशुल गर्ने जिल्ला भएकोले यहाँको सडकको बिस्तार र स्तरीकरणको बिषयमा केन्द्र सरकारसंग गम्भीरतापूर्वक कुरा गर्ने बताए । पौडेलले प्रदेश सरकारले जिल्लाको बस्तुस्थिति अनुसार प्रत्येक जिल्लालाई फरक फरक ढंगले अगाडि बढाउने बताउँदै रसुवा जिल्लालाई पर्यटकीय जिल्लाको रुपमा विकास गरिने बताए । समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन जनप्रतिनिधि तथा कर्मचारीलाई सहयोग गर्न पनि उनले आग्रह गरे ।

जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसदहरु शान्ति थिङ, आशामाया तामाङ, बद्री मैनाली, गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैशाङ तामाङ, रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल लगायतले बोलेका थिए ।

Share News