चैत ५ गते सेन्ट्रल फाइनान्सको साधारणसभा, ७ % नगद लाभांशको प्रस्ताव पारित गरिने

<p>काठमाडौँ । सेन्ट्रल फाइनान्स लिमिटेडको चैत ५ गते हुने भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले २२ औं वार्षिक साधारण सभाको मिति तय गरेको हो । सञ्चालक समितिको बैठकले साधारण सभा तथा नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि फागुन २३ गते संस्थाको शेयर दाखिला बन्द(बुक क्लोज) गर्ने निर्णय समेत गरेको प्रमुख कार्यकारी अधिकृत रजोज [&hellip;]</p>

काठमाडौँ । सेन्ट्रल फाइनान्स लिमिटेडको चैत ५ गते हुने भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले २२ औं वार्षिक साधारण सभाको मिति तय गरेको हो ।

सञ्चालक समितिको बैठकले साधारण सभा तथा नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि फागुन २३ गते संस्थाको शेयर दाखिला बन्द(बुक क्लोज) गर्ने निर्णय समेत गरेको प्रमुख कार्यकारी अधिकृत रजोज श्रेष्ठले जनाएका छन् ।

सञ्चालक समितिले शिफारिस गरे अनुसार हालको चुक्ता पूँजी ८२ करोड ३३ लाख ९७ हजार ८ सय ५९ रुपैयाँको ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गर्ने कार्यतालिका रहेको छ ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिने आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन पारित गरिने संस्थाद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

Share News