सरकारी ब्याज सहुलियत सहितको कर्जा सिद्धार्थ बैंकले पनि दिन थाल्याे, कसरी लिने ?

<p>काठमाडौं । सिद्धार्थ बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन, २०७५ अनुरुप ब्याज अनुदान सहितको सहुलियतपूर्ण कर्जा प्रदान गर्ने भएको छ । बैंकले प्रदान गर्ने सहुलियतपूर्ण कर्जा निम्न किसिमका छन् ः कसरी लिने ? सहुलियत पूर्ण कर्जा लिन चाहने व्यक्तिले कर्जाको प्रकृतिअनुसार व्यवसायिक योजना वा प्रमाणपत्र सहित बैंकले तोकेको ढाँचाको निवेदन सिद्धार्थ बैंकका नजिकका शाखाहरुमा दिन सक्नेछन् [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन, २०७५ अनुरुप ब्याज अनुदान सहितको सहुलियतपूर्ण कर्जा प्रदान गर्ने भएको छ । बैंकले प्रदान गर्ने सहुलियतपूर्ण कर्जा निम्न किसिमका छन् ः

कसरी लिने ?
सहुलियत पूर्ण कर्जा लिन चाहने व्यक्तिले कर्जाको प्रकृतिअनुसार व्यवसायिक योजना वा प्रमाणपत्र सहित बैंकले तोकेको ढाँचाको निवेदन सिद्धार्थ बैंकका नजिकका शाखाहरुमा दिन सक्नेछन् । बैंकले कर्जाको मागको प्रकृतिअनुसार व्यवसायिक योजना हेरि आवेदन गरिएको रकमको हदसम्म कर्जा स्वीकृत गर्न सक्नेछ । व्यवसायिक योजना अनुसार कर्जा एकमुष्ठ वा किस्ताबन्दीमा प्रदान गर्न सकिने छ । नेपाल सरकारले उक्त कर्जाको धितो तथा कर्जा सुरक्षण कोषमा अनिवार्य रुपमा बीमा गर्नुपर्ने प्रावधान राखेको छ ।

बैंकले हालसम्म देशभर रहेका १३९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग तथा १५० वटा एटिएमहरु मार्फत ६ लाख २२ हजार भन्दा बढि ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउँदै आइरहेको छ । त्यस्तै, २०७५ माघ मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रहेको छ भने १०८ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १०० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

Share News