लघुवित्त कम्पनीको ३२ करोडको आईपीओ यसैवर्ष आउने, १७.४७ करोडको पाइपलाइनमा

<p>काठमाडौं । यो वर्षमात्रै लघुवित्त कम्पनीका थप ३२ करोड रुपैंया बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन हुने भएका छन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएर निष्कासन बाँकी भएको, पाइपलाइनमा रहेको र पाइपलाइनमा आउन बाँकी गरी उक्त परिमाणको शेयर जारी हुने भएका हुन् । २ कम्पनीको १३ करोड ३४ लाख रुपैंया बराबरका आईपीओ भने यसै आर्थिक [&hellip;]</p>

काठमाडौं । यो वर्षमात्रै लघुवित्त कम्पनीका थप ३२ करोड रुपैंया बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन हुने भएका छन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएर निष्कासन बाँकी भएको, पाइपलाइनमा रहेको र पाइपलाइनमा आउन बाँकी गरी उक्त परिमाणको शेयर जारी हुने भएका हुन् । २ कम्पनीको १३ करोड ३४ लाख रुपैंया बराबरका आईपीओ भने यसै आर्थिक वर्षमा स्वीकृति पाई निष्कासन समेत भइसकेका छन् ।

यो वर्ष थप ११ ओटा लघुवित्त कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन हुने भएको छ । नेपाल राष्ट्र बैंकबाट आर्थिक वर्ष २०७३/७४ सम्म लाइसेन्स पाएका ५३ लघुवित्त कम्पनीमध्ये साधारण शेयर जारी हुन बाँकी रहेको ११ कम्पनीको आईपीओ आउन बाँकी छ ।

५३ ओटा कम्पनीमध्ये ४० ओटा कम्पनीका शेयरहरु नेप्सेमा सूचिकृत भई कारोबार हुँदै आएका छन् । आशा लघुवित्तको आईपीओ बिक्री भएर नेप्सेमा सूचिकरण हुने क्रममा रहँदा स्पर्श लघुवित्तको २ करोड ६९ लाख ६३० कित्ता शेयर धितोपत्र बोर्डबाट स्वीकृत भई निष्कासनको क्रममा छ ।

त्यस्तै, स्वाभिमान लघुवित्तको १ करोड ९८ लाख, गुराँस लघुवित्तको २ करोड ५० लाख, जनसेवी लघुवित्तको ४ करोड ६३ लाख, नेपाल एग्रोको १ करोड ६१ लाख र इन्फिनिटी लघुवित्तको ६ करोड ७४ लाख रुपैंया गरी कुल १७ करोड ४७ लाख ६८ हजार ८०० कित्ता शेयर नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा छन् ।

आर्थिक वर्ष २०७३/७४ सम्म लाइसेन्स पाएका बाँकी ६ ओटा लघुवित्तले पनि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) को व्यवस्थाअनुसार यसै वर्षभित्र साधारण शेयर जारी गर्न साधारणसभामा प्रस्ताव गर्नुपर्नेछ । ती संस्थाहरुमा घोडीघोडा लघुवित्त, सबैको लघुवित्त, आँधीखोला लघुवित्त, गणपति लघुवित्त, क्रिएटिभ लघुवित्त र रामारोशन लघुवित्त छन् । घोडीघोडाको चुक्ता पुँजी १ करोड ४१ लाख, सबैको लघुवित्तको ११ करोड २० लाख, आँधिखोला लघुवित्तको ६ करोड, गणपति लघुवित्तको ७ करोड, क्रिएटिभको १ करोड ४० लाख र रामारोशनको १ करोड ३४ लाख चुक्ता पुँजी छ, जुन कुल ४१ करोड रुपैंया हुन आउँछ ।

बाफियाको प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थाले प्रस्तावित चुक्ता पुँजीको ३० प्रतिशतले हुने गरी आईपीओ जारी गर्नुपर्ने नियम छ । जसअनुसार ४१ करोडलाई ७० प्रतिशत मान्दा ती लघुवित्तले कम्तीमा पनि १७ करोड ४७ लाख रुपैंया बराबरको साधारण शेयर जारी गर्नुपर्नेछ ।

यसरी आईपीओ स्वीकृत भएका, पाइपलाइनमा रहेका र आईपीओ आउन बाँकी आर्थिक वर्ष २०७३/७४ भित्र सञ्चालन स्वीकृति पाएका लघुवित्तको गरी थप करिब ३२ करोडको आईपीओ यसै वर्ष आउने भएको हो । तर आईपीओ आउन बाँकी रहेका कम्पनीहरुले ३० प्रतिशत भन्दा बढी आईपीओ जारी गरेको अवस्थामा त्योभन्दा बढी परिमाणमा आईपीओ जारी हुनसक्छ ।

नेपाल धितोपत्र बोर्डले यो वर्ष मात्र चौतारी लघुवित्तको ६ करोड ६० लाख, आशा लघुवित्तको ६ करोड ७४ लाख र स्पर्श लघुवित्तको २ करोड ६९ लाख ६३ हजार गरी १६ करोड ३ लाख ६३ हजार रुपैंया बराबरको शेयर जारी गर्ने अनुमति दिइसकेको छ ।

Share News