नयाँ कार्यकारीकाे ‘उदयपुर सिमेन्ट माेडल’ आयल निगममा; एयरपाेर्टमा रिफिलर, ट्याङ्करमा जीपीएस

<p>काठमाडौं । कार्यकारी प्रमुख नियुक्त भएको डेढ महिनापछि नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पत्रकार सम्मेलन गर्दै आफ्ना भावी योजना कामबारे ब्रिफिङ गरेका छन् । उदयपुर सिमेन्टमा प्रयोग गरिएको सुधारको मोडललाई नेपाल आयल निगममा लागु गर्ने बताउँदै कार्यकारी निर्देशक पौडेलले डेढ महिनाको समयावधिमा आफुले निगमलाई बुझेको र केही महत्वपूर्ण कामहरु गरेको दाबी समेत गरे [&hellip;]</p>

काठमाडौं । कार्यकारी प्रमुख नियुक्त भएको डेढ महिनापछि नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पत्रकार सम्मेलन गर्दै आफ्ना भावी योजना कामबारे ब्रिफिङ गरेका छन् । उदयपुर सिमेन्टमा प्रयोग गरिएको सुधारको मोडललाई नेपाल आयल निगममा लागु गर्ने बताउँदै कार्यकारी निर्देशक पौडेलले डेढ महिनाको समयावधिमा आफुले निगमलाई बुझेको र केही महत्वपूर्ण कामहरु गरेको दाबी समेत गरे ।

खासगरी, भारतीय आयल निगमदेखि आफ्नो डिपोसम्म पेट्रोलियम पदार्थको ढुवानी गर्ने १८१७ ओटा ट्याङ्करमा लकिङ सिस्टम जडान गरी ९० प्रतिशत तेल चुहावट रोक्न सफल भएको, ८६ जना कर्मचारी नियुक्त गरी ५० जनालाई तालिमका लागि पठाएको, पेट्रोलियम पदार्थको स्टोरेज क्षमता पेट्रोलमा ५ दिनको लागि र डिजेल १० दिनको लागि धान्नसक्ने बनाउन सफल भएको तथा शाखा कार्यालयहरुमा समेत कर्मचारीको उपस्थिति नियमित गर्न केन्द्रीय कार्यालयहरुबाटै बिदा स्वीकृति गर्ने व्यवस्था समेत गरेको पौडेलले बताए ।

ढुवानी र कर्मचारी व्यवस्थापनमा ‘उदयपुर सिमेन्ट मोडल’

रुग्ण अवस्थामा पुगेको उदयपुर सिमेन्ट इन्डष्ट्रिजलाई पूर्ण क्षमतामा सञ्चालन गर्दै २ अर्ब बढीको कारोबारबाट वार्षिक २५ करोड भन्दा बढी रुपैंया नाफा गर्ने अवस्थामा पुर्याउन सफल कार्यकारी निर्देशक पौडेलले निगमलाई सोत उदयपुर मोडेलबाटै सञ्चालन गर्ने बताएका थिए । यसो भन्दै गर्दा उनको ध्यान निगमभित्रको अटोमेसनमा थियो ।

खासगरी पौडेलले उदयपुर सिमेन्टमा उद्योगका लागि आवश्यक चुनढुङ्गा खानीदेखि उद्योगसम्म रोपवेमार्फत् ढुवानी गर्ने व्यवस्था गरेका थिए जसले नाकाबन्दीको समयमा पनि उद्योगले निरन्तर रुपमा उत्पादन गर्दै बजारमा आपुर्ति गर्न सम्भव तुल्याएको थियो भने ट्रकमार्फत् ल्याउने खर्च र लोडअनलोड खर्च समेत घटाएको थियो । नेपाल आयल निगममा पनि पेट्रोलियम पदार्थको ढुवानीमा त्यस्तै ‘अटोमेसन’को प्रयोग गर्ने उनले बताए । ‘बोल्दा पनि लाज मान्नुपर्ने अवस्था छ, भारतमा ३२ हजार किलोमिटर पेट्रोलियम पाइपलाइन विस्तार भइसक्यो, हामी भने भारतले सीमानासम्म ल्याइदिएको पाइपलाइन १० किलोमिटर वर ल्याउन यस्तो हैरानी व्यहोरिरहेका छौं, तर हामी पाइपलाइनमा नगई हुँदैन ।’ कार्यकारी निर्देशक पौडेलले भने ।

कर्मचारी व्यवस्थापनको सन्दर्भमा पनि ‘अटोमेसन’कै शैली प्रयोग गर्ने तयारी भएको उनले बताए । एउटै ठाउँमा काम गर्दा कर्मचारी ‘मोनोटोनस’ हुनसक्ने भन्दै उनले कर्मचारी सरुवा आवश्यक भएको तर त्यसमा पूर्वाग्रही हुन नदिन अटोमेसन भित्र्याउनुपर्ने बताए । ‘सरुवा ठूलो इस्यु हुनसक्छ, हामी हामी सरुवा गर्नेछौं, तर त्यो फेयर हुन्छ । कुनैपनि कार्यालयमा हाकिमको तजबिज हुने वातावरणको पनि अन्त्य हुन्छ ।’ उनले भने ।

आयल निगमको पुनर्सरचना

कार्यकारी निर्देशक भएको डेढ महिनापछि ‘सार्वजनिक’ भएका कार्यकारी निर्देशक पौडेलले आयल निगमलाई पुनर्सरचना गर्ने जानकारी दिए । त्यसका लागि कार्यकारी निर्देशक, नायब कार्यकारी निर्देशक, प्रवक्ता तथा व्यवस्थापन तहका अन्य कर्मचारी तथा सल्लाहकारहरु समेतको संलग्नतामा ‘रिस्टक्चर सेल’ गठन गर्ने तयारी गरेको समेत बताए । ‘आठौं तह भन्दा माथिका हामी सबै व्यवस्थापनकै साथीहरु हौं, हामीले पूर्वसचिव विमल वाग्लेज्यूलाई कन्सल्टेन्टको रुपमा आमन्त्रण गरेका छौं, उहाँ समेतको सल्लाहमा रिस्ट्रक्चर सेल गठन गर्छौं, त्यसले आवश्यक अध्ययनसहित निगमको पुनर्संरचना गर्छ ।’

टीआइएलाई १७ रिफिलर, भैरहवा एयरपोर्टमा अत्याधुनिक पम्प

आयल निगमले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा १७ ओटा रिफिलर ल्याउने तयारी गरेको छ । हवाइजहाज पार्किङ गरेकै स्थानमा गएर हवाई इन्धन भर्न मिल्ने उक्त रिफिलरमध्ये ३ ओटा आइसकेको, २७ हजार लिटर क्षमताको बाँकी ११ ओटा भारतीय आयल कर्पोरेसनसँग किन्ने सम्झौता गरिएको र बाँकी ३ ओटा पछि किन्ने निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले भने । ‘उत्पादकसँग सोझै नकिनेर किन आइओसीसँग किन्ने भन्ने प्रश्न आउला तर कम परिमाणमा आवश्यक भएकोले सीधै कम्पनीले अर्डर नलिने अवस्था आयो ।’ उनले भने ।

त्यस्तै निर्माणधिन भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलभित्र अत्याधुनिक हवाई पम्प बनाउने योजना समेत रहेको भट्टराईले बताए । त्यसका लागि क्यानसँग ७ बिघा जग्गा लिने सहमति भई आयल निगमको बोर्डबाट त्यो सहमति स्वीकृत गरिसकेको बताइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण बोर्डले भने त्यसलाई स्वीकृत गर्न बाँकी छ ।

कार्यालयमा नागरिक बडापत्र, ट्याङ्करमा जीपीएस

पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक पौडेलले नेपाल आयल निगमको बडापत्र पुरानो शैलीको भएको भन्दै आम सेवाग्राहीले बुझिने ढंगबाट नागरिक वडापत्र बनाउने आवश्यकता रहेको बताउँदै त्यो वडापत्रमा कुन काम कति समयभित्र हुने र नभए गर्ने गुनासो र कारबाहीको सम्बन्धमा स्पष्ठरुपमा उल्लेख गरेर काम गर्ने बताए ।

त्यस्तै नेपाल आयल निगमका ट्याङ्करहरुलाई बाटोमा कुर्नुपर्ने अवस्था नबनाउन अन्त्य गर्न ढुवानीको सेड्युल बनाउने तथा ट्याङ्करको अवस्थाबारे बुझ्न प्रत्येक ट्याङ्करमा जीपीएस प्रविधि जडान गरि ट्राकिङ गर्ने योजना समेत रहेको जानकारी दिए ।

Share News