काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले निष्कासन गर्न लागेको थप सार्वजनिक निष्कासन(एफपीओ) प्रक्रियालाई नेपाल राष्ट्र बैंकले रोकेको छ । संस्थाले तत्काल जारी गर्न लागेको १० करोड ४८ लाख १४ हजार ८०० रुपैयाँ बराबरको एफपीओको अनुमतिलाई बैंकले रोक्का गरेको हो ।
संस्थाको संस्थापक र सर्वसाधारणको पुँजी अनुपात ७०ः३० रहेको छ । उक्त पुँजी अनुपातलाई परिर्वतन गरेर ५१ः४९ कायम गर्ने संस्थाको प्रस्तावलाई राष्ट्र बैंकले अस्वीकृत गरेको छ ।
यी दुबै प्रस्तावलाई यस वित्तीय संस्थाको गत पुस २६ मा सम्पन्न साधारणसभाले अनुमोदन गरिसकेको थियो । त्यसपछि अनुमतिका लागि राष्ट्र बैंकमा पेश गरेको उक्त प्रस्ताव अस्वीकृत भएको वित्तीय संस्थाले बुधबार एक सूचनाद्धारा जानकारी गराएको छ ।