काठमाडौं । पेय पदार्थ उत्पादक कम्पनी कोकाकोला नेपालले “स्प्राईट डबल डोज, रिफ्रेस् पनि रिचार्ज पनि” नामक समर क्याम्पेन सार्वजनिक गरेको छ । उक्त पेय कम्पनीले लेमोन र लाइम स्वादका उत्पादन स्प्राईटले उपभोक्ता माँझ पुगेर रिफ्रेस् बनाउने उद्देश्यले यस क्याम्पेन सार्वजनिक गरिएको हो ।
प्रत्येक दिन रु १० रुपैयादेखि १० हजारसम्मको रिचार्ज र सामसुङ ग्यालेक्सी नोट ९ पाइने व्यवस्था रहेको छ । यस क्याम्पेनमा ग्राहकहरुले कोका–कोला ब्राण्डका स्प्राईट, कोका–कोला, फान्टा लेमन, फान्टा ओरेन्ज र किन्ले सोडाको २५० एमएल सिसाको बोतल (आरजीबी) किनेर सहभागी हुन सक्ने जनाएका छन् ।
स्प्राईटले यस अभियानको टिभीसीमा सार्वजनिक गरेको छ । टिभी कमरसीयलमा स्प्राईटका ब्राण्ड एम्बेस्डर अनमोल के.सी., अभिनेत्री सुपुष्पा भट्ट र युट्यूबर जिबेश गुरुङ रहेका छन् । टिभीसीमा अनमोल प्रचण्ड गर्मीमा कलेजको क्यान्टीनमा बसेर स्प्राईटको आनन्द लिइरहेका हुन्छन् ।
टिभीसीमा देखाए जस्तै ग्राहकहरुले स्प्राईट खाएर रिफ्रेस हुनुका साथै आफ्नो फोनमा रिचार्ज गर्न पनि सक्नेछन् । उक्त योजना ३१ मार्च २०१९ सम्म मात्र लागु हुनेछ आयोजकले जानकारी दिएका छन् ।
उक्त क्यापेनमा प्रोमोस्नल क्रियाकलाप, ग्राउन्ड एक्टीभेसन हुनेछन् ,साथै राष्ट्रिय दैनिक पत्रिका र अनलाइनमा विजेताहरुको नाम घोषणा गरिनेछ । यस अफरमा सहभागी हुन ग्राहकहरुले बिर्कोको तल्लो भागमा रहेको ८ अंकको युनिक कोड ३६७६८ मा एसएमएस गर्नुपर्नेछ ।