
काठमाडौँ । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा सोमबार सम्पन्न भएको छ । विशेष साधारण सभाले संस्थाको चुक्ता पूँजी १० करोड १० लाख ८८ हजारको शत प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि आवश्यक प्रक्रिया शुरु गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त विशेष साधारण सभाले संस्थाको सोही अनुरुप प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने निर्णय गरेको छ । सभामा संस्थाकी अध्यक्ष बिन्दीया श्रेष्ठ प्रधान तथा प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले सम्बोधन गरेको कम्पनीले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरमा लघुवित्त कार्यक्रम विस्तार गर्न स्वीकृति प्राप्त गरेको यस संस्थाको हाल ३२ जिल्लाका विभिन्न ४१ स्थानहरुमा शाखा कार्यालयहरु सञ्चालनमा रहेको छ ।