चितवनमा स्टार लेवलको सुविधा दिने प्रेसिडेन्ट सेकुवा सञ्चालन, उपमेयर शाहद्धारा उद्धघाटन

<p>चितवन । चितवनको सदरमुकाम भरतपुरमा खानाका पारखीहरुका लागि नयाँ रेष्टुरेन्ट “प्रेसिडेन्ट सेकुवा” सञ्चालन आएको छ । राजधानी काठमाडौंमा चर्चित बनेको “प्रेसिडेन्ट सेकुवा” को आठौँ शाखा चितवनको भरतपुर ओरालोमा सञ्चालन आएको हो । आठौँ शाखाको एक समारोहकाबीच भरतपुर महानगरीकी उमेयर पार्वती शाहले उद्धघाटन गरेकी थिईन् । उनले फरकपनसहित मौलिक खानाको स्वाद लिन चाहाने खानाका पारखीहरुलाई प्रेसिडेन्ट निकै उपयोगी [&hellip;]</p>

चितवन । चितवनको सदरमुकाम भरतपुरमा खानाका पारखीहरुका लागि नयाँ रेष्टुरेन्ट “प्रेसिडेन्ट सेकुवा” सञ्चालन आएको छ । राजधानी काठमाडौंमा चर्चित बनेको “प्रेसिडेन्ट सेकुवा” को आठौँ शाखा चितवनको भरतपुर ओरालोमा सञ्चालन आएको हो ।

आठौँ शाखाको एक समारोहकाबीच भरतपुर महानगरीकी उमेयर पार्वती शाहले उद्धघाटन गरेकी थिईन् । उनले फरकपनसहित मौलिक खानाको स्वाद लिन चाहाने खानाका पारखीहरुलाई प्रेसिडेन्ट निकै उपयोगी हुने बताईन् ।

मुलुककै उत्कृष्ट महानगर बनाउन विभिन्न सूचक आवश्यक पर्ने भन्दै उपमेयर शाहले महानगरमा गुणस्तरीय विभिन्न खानाका स्वाद पस्कीनेसगैँ स्वदेशमा नै युवालाई रोजगारी यस्ता खालका रेष्टुरेन्ट सफल हुने बताईन् ।

यस्तै सोही अवसरमा बोल्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले आर्थिक रुपमा ईर्मेजिङ्ग सिटि भरतपुरमा अनुभवी रेष्टुरेन्टले थप उचाई दिलाउने बताए । यस्तै कार्यक्रममा बोल्दै चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेलले औद्योगिक क्षेत्रको रुपमा विकसित हुँदै गएको चितवनमा चेन रेष्टुरेन्टहरु आउनु खुसीको कुरा भएको बताए ।

बैदेशिक रोजगारीबाट फर्केका र नेपालमा नै केही गर्नु पर्दछ भन्ने विचार भएका १० युवाहरुले २०६३ मा खुलेको पे्रसिडेन्ट ग्रपले राजधानी काठमाडौँमा ६ वटा होटल तथा रेष्टुरेन्ट खोलको सो ग्रुपले राजधानी बाहिर लुम्बिनीपछि आठौ शाखाको रुपमा भरतपुरमा यस क्षेत्रका उपभोक्तालाई ध्यान राखेर डिलक्स, स्टार लेवलको सुविधामा रेष्टुरेन्ट खोलेको संस्थाका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए ।

सेकुवालाई विशेष प्राथमिकतामा राखेर सञ्चालन भएको प्रेसिडेन्ट सेकुवामा सबै प्रकारका खानाका पारखीहरुका लागि (मल्टी क्विजन) फेमिली रेष्टुरेन्ट हुने उनले बताए ।

देशकै केन्द्र भागमा रहेको चितवनको भरतपुरमा होटल बिस्तार संगै चितवनवासी र यहाँको तासको स्वाद भन्दा फरक स्वादको परिकार सेकुवालाई पनि चितवनवासीले माया गर्ने अध्यक्ष भण्डारीको दावी छ । जहाँ सयम अनुसारको सुविधा सम्पन्न किड्स प्ले रुम, पारिवारिक रुम का साथै ठुलो स्किृनमा लिरिक्स हेर्दै गीत गाएर मनोरञ्जन लिने जापानीज शैली ‘काराओके’ समेत मुख्य विशेष हो । रेष्टुरेन्टमा विभिन्न कलात्मक आट्र्सले श्रृगारिएको छ । करिव एक करोड लगानीमा संचालन आएको प्रेसिडेन्ट भरतपुर शाखाले ३० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने देशभर १ सय ५० जनालाई प्रत्यक्ष रोजगारी दिई सकेको अध्यक्ष भण्डारीले बताए ।

मिटिङ हलमा १ सय ५० सहित रेष्टुरेन्टमा एक पटकमा १ सय जनालाई एकैसाथ सेवा प्रदान गर्न सक्ने सो रेष्टुरेन्टले शुभारम्भको अवसरमा विशेष छुटको समेत ब्यवस्था गरेको जनाईएको छ ।

Share News