एओटिएस जापान-परिसंघबीच छलफल, ‘आर्थिक प्रगतिको पथमा नेपाल’

<p>काठमाडौँ । एओटिएस जापानका अध्यक्ष सिन्ह्या कुवायमाको नेतृत्वमा आएको एक प्रतिनिधि मण्डलले आज नेपाल उद्योग परिसंघका पदाधिकारीसँग द्विपक्षीय प्राविधिक सहयोग सम्बन्धमा विस्तृत छलफल गर्यो । सो छलफलमा एओटिएस जापानका अध्यक्ष सिन्ह्या कुवायमाले नेपाल आर्थिक प्रगतिको पथमा तीव्र गतिले अगाडि बढी रहेको सन्दर्भमा विगतमा जस्तै आउँदा दिनहरुमा पनि जापान तथा नेपालमा समेत मानव संशाधनको विकासका क्षेत्रमा [&hellip;]</p>

काठमाडौँ । एओटिएस जापानका अध्यक्ष सिन्ह्या कुवायमाको नेतृत्वमा आएको एक प्रतिनिधि मण्डलले आज नेपाल उद्योग परिसंघका पदाधिकारीसँग द्विपक्षीय प्राविधिक सहयोग सम्बन्धमा विस्तृत छलफल गर्यो ।

सो छलफलमा एओटिएस जापानका अध्यक्ष सिन्ह्या कुवायमाले नेपाल आर्थिक प्रगतिको पथमा तीव्र गतिले अगाडि बढी रहेको सन्दर्भमा विगतमा जस्तै आउँदा दिनहरुमा पनि जापान तथा नेपालमा समेत मानव संशाधनको विकासका क्षेत्रमा तालिमको माध्यमबाट सहयोग वृद्धि गर्ने संकेत गरे ।

त्यसको लागि निजी क्षेत्र बढी क्रियाशील भई कुन क्षेत्रमा कस्तो सहयोग, तालिम वा गोष्ठी गर्दा नेपाल र नेपालीको हीतमा हुन्छ सो प्रष्ट हुनु पर्ने बताए । आफ्नो संस्थाले यसका लागि जेट्रोसँग सहकार्य गर्दै सहयोगीभूमिका खेल्ने उल्लेख गरे ।

सो अवसरमा प्रतिनिधि मण्डलको स्वागत गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुक आर्थिक समृद्धितर्फ अग्रसर भएको साथै सुखी नेपाली समृद्ध नेपालको नारा सहित समग्र मुलुकत्यसतर्फ लागी रहेको प्रसंग उल्लेख गर्दै हालै सम्पन्न नेपाल उद्यमशीलता सम्मेलनबाट नयाँशीप, ज्ञान र नवीनतम सोचको टड्कारो आवश्यकता महशुस भएको उल्लेख गरे ।

Share News