पाँचथर पावरको आईपीओ १३ गतेदेखि, १२ बर्षमै ब्याजसहित लगानी फिर्ताको प्रक्षेपण

<p>काठमाडौं । पाँचथर पावर कम्पनीको साधारण शेयर फागुन १३ गतेदेखि निष्कासन हुने भएको छ । कम्पनीको १७ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित तथा स्थानीयवासीका लागि खुल्ला हुन लागेको हो । उक्त शेयर अंकित मूल्य रु १०० मा बिक्री हुनेछ । उक्त कम्पनीले यसअघि स्थानीयवासीलाई ९ लाख कित्ता शेयर जारी गरेकोमा ७ लाख ८७ [&hellip;]</p>

काठमाडौं । पाँचथर पावर कम्पनीको साधारण शेयर फागुन १३ गतेदेखि निष्कासन हुने भएको छ । कम्पनीको १७ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित तथा स्थानीयवासीका लागि खुल्ला हुन लागेको हो । उक्त शेयर अंकित मूल्य रु १०० मा बिक्री हुनेछ ।
उक्त कम्पनीले यसअघि स्थानीयवासीलाई ९ लाख कित्ता शेयर जारी गरेकोमा ७ लाख ८७ हजार कित्ता शेयर बिक्री नभएकोमा सो समेत थप गरि उक्त परिमाणमा शेयर बिक्री गर्न लागिएको हो । यसअघि सर्बसाधारणका लागि ९ लाख ६२ हजार कित्ता मात्र शेयर छुट्याइएको थियो ।
कम्पनीले आईपीओ निष्कासनका लागि आईपीओ ग्रेड ४ पाएको छ । यसले कम्पनीको वित्तीय अवस्था कमजोर रहेको देखाउँछ । कम्पनीको डिस्काउन्टेड पेब्याक अवधि करिब ११.९९ बर्ष प्रक्षेपण गरिएको छ ।

Share News