शिवम् सिमेन्टको आईपीओ सोमबारदेखि, १५ हजारदेखि १७ कराेडसम्म लगानीकाे अवसर

<p>काठमाडौं । शिवम् सिमेन्टको आईपीओ आज (सोमबार) देखि खुल्ला भएको छ । शिवमको ४६ लाख ७९ हजार कित्ता शेयर स्थानीयवासी तथा सर्वसाधारणका लागि खुल्ला गरिएको  हो । सर्वसाधारणका लागि ३०० रुपैंया मूल्यमा ४१ लाख २० हजार कित्ता र २०० रुपैंया दरका ५ लाख ७९ हजार कित्ता शेयर स्थानीयवासीका लागि खुल्ला गरेको हो । शिवमले कुल [&hellip;]</p>

काठमाडौं । शिवम् सिमेन्टको आईपीओ आज (सोमबार) देखि खुल्ला भएको छ । शिवमको ४६ लाख ७९ हजार कित्ता शेयर स्थानीयवासी तथा सर्वसाधारणका लागि खुल्ला गरिएको  हो ।

सर्वसाधारणका लागि ३०० रुपैंया मूल्यमा ४१ लाख २० हजार कित्ता र २०० रुपैंया दरका ५ लाख ७९ हजार कित्ता शेयर स्थानीयवासीका लागि खुल्ला गरेको हो । शिवमले कुल ५० लाख कित्ता शेयरका लागि स्वीकृति पाएकोमा करिब ३ लाख ८० हजार कित्ता शेयर भने बिक्री भइसकेको छ ।

उक्त शेयरका लागि न्युनतम ५० कित्तादेखि अधिकतम ५ लाख ७९ हजार ६४० कित्तासम्म आवेदन दिन सकिने शिवम् सिमेन्टस्ले जनाएको छ । जसका लागि न्यूनतम ५ लाखदेखि अधिकतम १७ करोड ३८ लाख ९२ हजार रुपैंयासम्म खर्च गर्न सकिन्छ ।

उक्त शेयर सी–आस्वा प्रणालीमार्फत् आफ्नो शाखा रहेका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखामार्फत् आवेदन गर्न सकिन्छ । उक्त सिमेन्टको आईपीओका लागि सिद्धार्थ क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धक रहेकोमा एनआईबीएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सीआईबीएल क्यापिटलले शेयरको बिक्री सुनिश्चितताको प्रत्याभूति गरेका छन् । शिवम्ले निष्कासन गरिएको सुरुको दिनदेखि नै संस्थागत लगानीकर्तालाई समेत आवेदन खुल्ला गरेको छ ।

उक्त शेयर निष्कासन बन्द हुने मिति छिटाेमा फागुन ९ गते (बिहीबार) र ढिलोमा चैत ५ गते तोकिएको छ ।

Share News