सुनचाँदीको मूल्यमा उतारचढाव, किन यस्तो हुन्छ ?

<p>काठमाडौँ । यो साता सुनचाँदीको भाउमा उतारचढाव देखिएको छ । गत आइतबार सुनको मूल्य प्रतितोला ६२ हजार १ सय रहेको थियो भने साताको शुक्रबारपनि आइतबार कै मूल्य कायम भयो । तर, सोमबार, मंगलबार, बुधबार र विहीबार भने आइतबारको तुलनामा मूल्य घटेको थियो । आइतबार प्रतितोला ६२ हजार १ सय कायम रहेको सुनको मूल्य सोमबार १०० [&hellip;]</p>


काठमाडौँ । यो साता सुनचाँदीको भाउमा उतारचढाव देखिएको छ । गत आइतबार सुनको मूल्य प्रतितोला ६२ हजार १ सय रहेको थियो भने साताको शुक्रबारपनि आइतबार कै मूल्य कायम भयो । तर, सोमबार, मंगलबार, बुधबार र विहीबार भने आइतबारको तुलनामा मूल्य घटेको थियो ।

आइतबार प्रतितोला ६२ हजार १ सय कायम रहेको सुनको मूल्य सोमबार १०० रुपैयाँ घटेर ६२ हजारमा कारोबार भएको थियो । मंलगबार पनि सुनको मूल्य ओरालो लागेर ६१ हजार ८ सयमा कारोबार भएको थियो ।

साताको बुधबारपनि मूल्य घटेर ६१ हजार ६ सयमा कारोबार भएको थियो । गत आइतबारको तुलनामा विहीवारसम्म आइपुग्दा सुन प्रतितोला ४ सय रुपैयाँ घटेको थियो । तर, शुक्रबार भने पुनः बढेर आइतबार कै कारोबार मूल्य ६२ हजार १ सयमा बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्यमापनि उतारचढाव कायम रह्यो । गत आइतबार चाँदीको मूल्य प्रतितोला ७७५ रुपैयाँ कायम रहेकोमा शुक्रबारसम्म आइपुग्दा १० रुपैयाँ घटेर ७६५ मा कारोबार भयो । सोमबार मूल्य स्थिर रहेपनि मंगलबार ५ रुपैयाँ घटेको थियो । बुधबार, विहीबार र शुक्रबार भने गत आइतबारको तुलनामा १० रुपैयाँ घटेर चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भएको छ ।

सुनचाँदीको मूल्यमा किन उतार चढाव भइरहेको छ त ? यस सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ सामान्य हेरफेर भएको र डलरको मूल्यमा केही गिरावट आएकाले त्यसको असर देखिएको हो ।

उनले अमेरिका र चीनबीचको व्यापार वार्ता केही सकारात्मक देखिन थालेकाले सुनको भाउ घटेको भएपनि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १३१३.१० पुग्नु र डलरको तुलनामा भारतीय मुद्रा अबमूल्यन भएकोले पुनः प्रति १० ग्राम ३४० रुपैयाँ मूल्य बढेको हो ।

Share News