कृषि विकास बैंकको साधारणसभा चैत १५ गते, २१ प्रतिशत लाभांश पारित गर्दै

<p>काठमाडौं । कृषि विकास बैंकले आफ्नो १२औँ वार्षिक साधारणसभा आगामी चैत १५ गते डाकेको छ । उक्त सभामा बैंकले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव लैजाँदै छ । बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ६ प्रतिशत बोनस शेयर र १५.०५३ प्रतिशत नगद लाभांश गरी उक्त मात्रामा शेयर दिने प्रस्ताव गरेको हो । [&hellip;]</p>

काठमाडौं । कृषि विकास बैंकले आफ्नो १२औँ वार्षिक साधारणसभा आगामी चैत १५ गते डाकेको छ । उक्त सभामा बैंकले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव लैजाँदै छ ।

बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ६ प्रतिशत बोनस शेयर र १५.०५३ प्रतिशत नगद लाभांश गरी उक्त मात्रामा शेयर दिने प्रस्ताव गरेको हो । त्यस्तै, बैठकले अग्राधिकार शेयरमा पनि ६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांशलाई सभालो पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् । हाल बैंकको चुक्ता पुँजी कुल १३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । बैंकमा सरकारको ५ अर्ब ४३ करोड रुपैंया बराबरको ६ प्रतिशत लाभांशको अभिमोच्य अग्राधिकार शेयर छ । त्यसको ३२ करोड ५८ लाख रुपैंया लाभांश प्राप्त हुन्छ भने भने बाँकी ८ अर्ब ५० करोड साधारण शेयरमध्ये ७८.२२ प्रतिशत अर्थात् ६ अर्ब ६५ करोड बराबरको शेयर को १५.०५३ प्रतिशतका दरले करिब १ अर्ब रुपैंया लाभांश प्राप्त हुन्छ ।

यसरी कुल १२ अर्ब ८ करोड रुपैंया बराबरका शेयरले ६ प्रतिशतको दरले नगद लाभांश लैजाँदा सरकारले करिब १ अर्ब ३२ करोड ५० लाख रुपैंया भन्दा लाख रुपैंया नगद लाभांश पाउनेछ ।

उक्त सभा चैत १५ गते शुक्रबार कृषि विकास बैंक, केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बस्दै छ ।

Share News