
काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच बैंकास्योरेन्स संझौता भएको छ । फागुन १ गते एक समारोहका बीच यो संझौता भएको हो । कम्पनीका महाप्रवन्धक शिवराम तिमल्सिना र बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत सुजित शाक्यले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा कम्पनीका नायब महाप्रबन्धक केशवराज केसी र बैंकका वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठको उपस्थिति रहेको थियो ।
संझौता अनुसार सिभिल बैंकका सम्पूर्ण शाखाबाट सानिमा लाइफको जीवन बीमा सेवा प्राप्त गर्न सकिने छ ।