अब कम्पनी रजिष्ट्रारको कार्यालय ‘विचौलियामुक्त’, संस्थापक आए मात्रै काम हुन्छः रजिष्ट्रार

<p>काठमाडौं । विचौलियामार्फत् कम्पनीको काम गर्न आएका व्यक्तिले कम्पनी रजिष्ट्रार कार्यालयका कर्मचारीहरुमाथि हातपात र दुव्यवहार गरेपछि कार्यालयका कर्मचारीहरुले विचौलियामार्फत् आउने त्यस्ता कामहरु गर्न छाडेका छन् । बिहीबार कार्यालयका कर्मचारीहरुले उद्योगमन्त्री मातृका यादवलाई ज्ञापनपत्र बुझाउँदै कर्मचारीमाथि दुव्र्यबहार गर्नेहरुमाथि कारबाही गर्न माग गर्दै त्यस्तो निर्णय गरेका हुन् । बिहीबार बिहान मन्त्रालय पुगेका कर्मचारीको समूहले राजनीतिक पुहँचका आधारमा [&hellip;]</p>

काठमाडौं । विचौलियामार्फत् कम्पनीको काम गर्न आएका व्यक्तिले कम्पनी रजिष्ट्रार कार्यालयका कर्मचारीहरुमाथि हातपात र दुव्यवहार गरेपछि कार्यालयका कर्मचारीहरुले विचौलियामार्फत् आउने त्यस्ता कामहरु गर्न छाडेका छन् । बिहीबार कार्यालयका कर्मचारीहरुले उद्योगमन्त्री मातृका यादवलाई ज्ञापनपत्र बुझाउँदै कर्मचारीमाथि दुव्र्यबहार गर्नेहरुमाथि कारबाही गर्न माग गर्दै त्यस्तो निर्णय गरेका हुन् ।

बिहीबार बिहान मन्त्रालय पुगेका कर्मचारीको समूहले राजनीतिक पुहँचका आधारमा सरकारी कर्मचारीमाथि हातपात गर्ने कर्मचारी पक्राउ परेर पनि छुटेको भन्दै उनीहरुमाथि कारबाही गराउन सकेत आग्रह गरेका थिए । जवाफमा उद्योगमन्त्री यादवले शुक्रबार दुवै पक्षलाई झिकाएर छलफल गराउने आश्वासन दिएको कार्यालयका लेखा अधिकृत अजय बर्तौलाले बताए ।

उक्त आश्वासन पाए पनि कर्मचारीहरु अब विचौलियामार्फत् आउने काम भने नगर्ने निर्णय गरेका हुन् । कम्पनी ऐन २०६३ को प्रावधानअनुसार पनि कम्पनीका आधिकारिक व्यक्तिबिना कम्पनी दर्ता गर्ने प्रावधान नभएको भन्दै कर्मचारीहरुले कार्यक्षेत्रभित्रै हातपात हुन थालेपछि कठोर बन्न आफुहरु पनि बाध्य हुने बताए । ‘कम्पनी ऐनले हामीलाई विचौलियामाफ्र्त काम गर्न बाध्य पारेको छैन, आपसी विश्वासका आधारमा हामीले काम गर्दै आएका थियौं, अब गर्ने छैनौं ।’ रजिष्ट्रार कार्यालयका एक उच्च कर्मचारीले विकासन्यूजसँग भने ।

कार्यालयका रजिष्ट्रार भुवनहरि अर्यालले कार्यालयक्षेत्रभित्रै कर्मचारीमाथि हातपात हुँदा समेत हातपात गर्नेमाथि कारबाही नहुनु दुखद भएको भन्दै अब कर्मचारीहरुले कम्पनीका अख्तियारवाला व्यक्तिहरुको उपस्थितिविना काम नगर्ने बताए । ‘अब हाम्रो कार्यालयमा विचौलियामार्फत् कुनै काम हुँदैन, कम्पनीको सम्बन्धित शेयरधनी, संस्थापक, सञ्चालक वा कम्पनी सचिवले अख्तियारी लिएर आए मात्रै काम हुन्छ, नत्र हुँदैन उनले भने ।’

के भएको थियो बुधबार

बुधबार गुणराज आचार्य र टिकाध्वज खड्का नाममा ‘चीन’ जोडिएको एउटा कम्पनीको नाममा कम्पनी दर्ता गर्न प्रस्ताव गर्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा आएका थिए । तर प्रचलित ऐनबमोजिम कुनैपनि देशको नाम जोडेर नेपालमा कम्पनी दर्ता हुन नसक्ने भन्दै कार्यालयले नाम सच्याएर आउन भन्दै फिर्ता पठाएपछि उनीहरु विवादमा उत्रिएको बताइएको छ ।

विवाद बढ्दै गएपछि कार्यालयले यो नाममा कम्पनी दर्ता गर्न मिल्ने नमिल्नेबारे मन्त्रालयसँग राय लिन कार्यालय तयार भए पनि उनीहरुले त्यो समेत मानेका थिएनन् । विवाद बढ्दै गएपछि ती दुईले रजिष्ट्रार र उपरजिष्ट्रारमाथि हातपात गरेका थिए ।

ट्रेड युनियनको ध्यानाकर्षण

कम्पनी रजिष्ट्रार कार्यालयमा भएको दुव्यवहारप्रति नेपाल निजामति कर्मचारीसम्बद्ध आधिकारिक ट्रेड युनियनले आपत्ति जनाएका छन् । बुधबार प्रेस विज्ञप्ती जारी गर्दै युनियनले यस्ता घटनाले कर्मचारीहरुमा काम गर्ने मनोबल गिर्ने भन्दै सम्बद्ध पक्षलाई कारबाही गर्दै कर्मचारीहरुमा सुरक्षित रुपमा काम गर्ने वातावरणको सुनिश्चितता गर्न सरकारसमक्ष माग गरेको छ ।

Share News