काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा मुक्तिनाथ विकास बैंक र वेर्ष्टन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । बुधबार मात्रै यी दुई कम्पनीको कुल ५४ लाख ७७ हजार ५२९ कित्ता बोनस नेप्सेमा थपिएको हो ।
जसमध्ये सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकको सेयर थपिएको छ । विकास बैंकको ४७ लाख २९ हजार ९६८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।
त्यस्तै, वेर्ष्टन डेभलपमेन्ट बैंकको ७ लाख ४७ हजार ५६१ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।