सेयर बजार ओरालो लाग्ने क्रम जारी, परिसूचक साताकै न्युनतम बिन्दुमा

<p>काठमाडौं । केही समययता सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । साताको शुरुदेखि ओरालो लागेको परिसूचक बुधबार पनि ७.११ अंकले घटेर ११२१.०८ अंकमा पुगेको छ । जुन यस साताकै न्युनतम बिन्दु हो । बजारमा परिसूचक सँगै समूह सूचक पनि राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ९५.७५ अंकले ओरालो लागेको छ । [&hellip;]</p>

काठमाडौं । केही समययता सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । साताको शुरुदेखि ओरालो लागेको परिसूचक बुधबार पनि ७.११ अंकले घटेर ११२१.०८ अंकमा पुगेको छ । जुन यस साताकै न्युनतम बिन्दु हो ।

बजारमा परिसूचक सँगै समूह सूचक पनि राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ९५.७५ अंकले ओरालो लागेको छ । सो दिन उत्पादनमूलक समूह मात्रै ४७.३ अंकले उकालो लागेको छ ।

कुल १७४ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी नागरिक लगानी कोषको सेयर कारोबार भएको छ । कोषको बुधबार एक करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २ हजार ६१० रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंकको एक करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता २८५ रुपैयाँ रहेको छ ।

बजारमा सबैभन्दा बढी चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८२ प्रतिशतले बढेको छ । त्यस्तै, यूनिलिभर नेपालका लगानीकर्ताले ५.९९ प्रतिशत कमाएका छन् ।

बुधबार नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, जेबिल्स फाइनान्सको सेयर मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ५.६७ प्रतिशतले घटेको छ ।

Share News