कामना सेवा विकास बैंकको सीईओमा प्रविण बस्नेत

<p>काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रविण बस्नेत नियुक्त भएका छन् । विकास बैंकको माघ २९ गते बसेको संचालक समितिको बैठकले बस्नेतलाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ बस्नेत यसअघि सोही बैंकको कायम मुकायम(कामु) सीईओ पदमा रहेको थिए । अब बस्नेतले फागुन १ गते(बुधबार)देखिनै आगामी ४ वर्षसम्म आफ्नो पद [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रविण बस्नेत नियुक्त भएका छन् ।

विकास बैंकको माघ २९ गते बसेको संचालक समितिको बैठकले बस्नेतलाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो ।

नवनियुक्त सीईओ बस्नेत यसअघि सोही बैंकको कायम मुकायम(कामु) सीईओ पदमा रहेको थिए ।

अब बस्नेतले फागुन १ गते(बुधबार)देखिनै आगामी ४ वर्षसम्म आफ्नो पद तथा कार्यभार सम्हाल्ने छन् ।

Share News