काठमाडौं । रुपन्देहीका सैनामैनामा गण्डकी विकास बैंकको शाखा उद्घाटन भएको छ । गण्डकी विकास बैंकले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५, बुद्धनगरमा रहेको सैनामैना शाखाको औपचारिक उद्घाटन गरेको छ । प्रमुख अतिथि सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले सो शाखाको औपचारीक उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै चित्रबहादुर कार्कीले गण्डकी विकास बैंकले यस क्षेत्रका जनताको माग र चाहना अनुसार शाखा विस्तार गरी जनताको वित्तीय स्तरलाई उकास्ने अवसर प्रदान गरेको छन् । बैंकका अध्यक्ष शुशील गौचनकोे अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सोही नगरपालिका वडा नं. ५ का समाजसेवी जिवन ज्ञवाली तथा सैनामैना नगरपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले मन्तव्य राखेका थिए ।
बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस्, एटिएम, सि एएस्बिए, आईपिएस, मोबाइल बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ । बैंकले आ.व. २०७५/७६ को दोस्रो त्रैमासमा संचालन मुनाफा करिव रु. ४१ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. २६ अर्ब १९ करोड र कर्जा तर्फ रु.२३ अर्ब ३८ करोड पुर्याएको छ ।