काठमाडौं । प्राइम कमर्सियल बैंकले दोश्रो त्रैमासिक अवधीमा आफ्नो नाफा एक अर्ब नजिक पुर्याएको छ । २०७४ पुस मसान्तमा ७१ करोड नाफा कमाएको बैंकले २०७५ पुस मसान्तमा ९३ करोड पुर्याएको हो ।
बैंकले पुस मसान्त अवधीमा ७६ अर्ब निक्षेप संकलन गरेर ७२ अर्ब कर्जा लगानी गर्दा सिसिडी रेसियो ७८.५५ प्रतिशत पुर्याएको छ । प्राइमले १ अर्ब ७७ करोड खुद ब्याज आम्दानी गरेको देखिन्छ । ८ अर्ब ३ करोेड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब २२ करोड रुपैंयाँ रहेको छ ।
असोज मसान्तपछि बैंकाको निक्षेप संकलन तथा कर्जा लगानीको अवस्था स्थिर जस्तै देखिन्छ ।
बैंकको खराब कर्जा १.५८ प्रतिशत छ भने आधार ब्याजदर १०.१७ प्रतिशत छ । प्राइमको प्रति सेयर आम्दानी २४.४१ रुपैंयाँ कायम रहेको छ जुन गत पुस मसान्तमा २२.६१ रुपैंयाँ मात्रै थियो ।